Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअथ कोेरोेना महात्म्य

अथ कोेरोेना महात्म्य


काठमाण्डौं,चैत २७
अच्यूतप्रसाद पौडेल चिन्तन
पाँच दशकदेखि हरेक वर्ष रामनवमीमा ठूलै भीडभाडको बीचमा रामायण कथा प्रवचन गर्दै आएको यो बबुरो अहिले कम्प्यूटर स्क्रीनमा सीमित रहनुपरेको बेला कोरोना महात्म्यलाई लिएर उपस्थित भएको छ । पुष्पान्जलिका लागि पूmल, अक्षता नभएकाले टाट पल्टन लागेको भान्छामा रहेको एक चिम्टी नुन र छ भने अलिकति धूलो खुर्सानी लिई हात जोड्दै कथा सुन्नुहोला । पहिले त यो महात्म्य पुराणमा लेखिएकको छैन, मात्र भविष्यमा पटक–पटक महामारी हुनेछ भन्ने लेखिएको छ । महात्म्य यसरी प्रारम्भ हुन्छ ।

कोेरोेनाजी तिम्रो घोर रूप अति विराट रहेछ । हजार जिव्रा भएका शेष नागले समेत वर्णन गर्न नसक्ने तिम्रो वर्णन गर्न यो बबुरो असमर्थ छ । तिम्रो घोर रूपका कारण लकडाउनका डेढ दुई हप्तामा राति पनि कलमको बिर्को खुलै रहेकाले पाँच सय पेजको आलेख तयार भइसकेछ । अब त पङ्क्तिकारको कलम, कागज सकिए, लेखिएका सबै छापिन्नन्, कति पत्रिका त बन्द छन्, चलेकाहरूको बजार छैन, र्ई–पेपरमा सीमित हुनुपरेको छ ।

चार पाँच किमि टाढा रहेकी सय वर्षकी बुढी आमैलाई दिनदिनै हेर्न जाने गरिएकोमा अहिले त बाटामा भाटै भाटाको दर्शन गरेर चित्त बुझाउन परेको, बाहिर हिँडडुल गर्न नपाउँदा सुगरको समस्या, घर परिवारमा मनोरोेग बढ्ला भन्ने डर, सबैतिर त्रास सिर्जना गर्नसक्ने कत्रो शक्ति तिम्रो ! पुर्खाले सुनौली, वीरगन्ज नाकासम्म काठमाडौँबाट पैदल यात्रा गरेथे भन्दैमा अहिले पनि गोरखपुर सुनौलीबाट धादिङसम्म ६८ घन्टाको दूरी पैदलै पार गराउँदै व्याक टु मंगलमान भनाउने सामथ्र्य भएका कोरोना तिम्रो महिमाको बयान के गरौँ ।

संसारका आधाआधी मान्छेलाई घरभित्रै थन्क्याउन सक्ने, प्रथम र द्वितीय विश्वयुद्धमा जापानको आकाशमा घुमाइएकोे आणविक शक्तिभन्दा ठूलो, संयुक्त राष्ट्र संघले दुवै विश्वयुद्धभन्दा डरमर्दो भन्नुपर्ने, प्रजातन्त्रकोे जननी भनिने देश बेलयतकी महारानी, राजकुमार, प्रधानमन्त्रीसमेतलार्ई नछोेड्ने, बृटिश एयरवेजको ८० प्रतिशत उडान बन्द गराउने, त्यहीँकै ३६ हजार कर्मचारी निलम्बन गराउने, अमेरिकी राष्ट्रपतिले एक डेढ लाख अमेरिकन मर्नसक्ने, अभैm २ हप्ता कष्ट हुनसक्ने भनाउन सक्ने, सार्क देशहरू उठ अब ननिदाऊ भनाउने, आर्थिक दृष्टिले समृद्ध देश चीनलाई एपिसेन्टर बनाउँदै संसारभरि मडारिन सक्ने हे कोरोना तिमीले दोस्रोे एपिसेन्टर युरोेपको समृद्ध देश इटलीलाई बनायौ ।

तेस्रो एपिसेन्टर बनाएका तिमीले अब्बल दर्जाको समृद्ध देश अमेरिकालाई बढी संक्रमित संख्याको विश्व रेकर्ड कायम गरायौ भने मान्छे निल्न खप्पिस तिमीले विश्वकै ठूलो संख्यामा इटलीमा निल्यौ । सुरुवातीको रेकर्ड लिने चीनमा विस्तारै तिमीले आप्mनो पखेटालाई खुम्च्याउँदै छौ ।
हाम्रो छिमेकी देश भारतलाई सुरुमै ३ हप्ताका लागि लकडाउन गरायौ । नेपाल भारत सीमा, दश गजाक्षेत्र पूर्वदेखि पश्चिमसम्म बेहाल नै बनायौ । महाकाली पौडेर आउनेलाई तलको एक थान कपडामै बजार घुमाउन लगायौ । धार्चुलाबाट दार्चुला प्रवेश गर्न खोज्ने नेपालीहरू धेरैलाई अलपत्र पा¥यौ भने एक जनालाई त झोलुङ्गे पुलबाट खसाएर निलिहाल्यौ । यता भक्तपुरबाट अलपत्र परेका मजदुर बोेकी रामेछाप गएको ट्रिपर दुर्घटनामा पारी २ जनालाई निल्यौ भने काठमाडाँैैबाट लामोे दूरी तय गर्दै साइकलबाट यात्रा गर्दै रहेका २ जनालाई ललितपुरको भट्टेडाँडामा पु¥याएर निल्यौ ।

हे कोरोना तिमीले स्वास्थ्य मन्त्रालयविरुद्ध स्वास्थ्य उपकरण खरिदमा अख्तियारलगायत सर्वोच्चमा मुद्दा हाल्न लगायौ । सेक्युरिटी प्रिन्टिङ प्रेसको जस्तोे भयोे भन्न लगायौ । लगत्तै औषधि उपकरण किन्ने सेक्टर सरुवा भएको छ रे ! यी प्रेस पनि कस्ता छन् भने जहाँ नपहुँचे रवि उहाँ पहँुचे कविजस्ता छन् । अनि जीवन रक्षक क्यान्सर किमो औैषधि ढुवानी ८० प्रतिशतसम्म ठप्प गराउन सक्ने कोेरोना तिमीले सडक ठप्प भई इन्धन डिपो बन्द भएका बखत प्रतिलिटर १० सम्म ठूलो रकम भाउ घटाउन सक्ने कत्रोे खुबी तिम्रो हँ ?

चैैते दशैेँलाई भुखमरीभैmँ गराउने, सबै मठ मन्दिर र नवरात्रीका शक्तिपीठहरूलाई तालाबन्दी गराउने, युगान्तकारी राम नवमीलाई सुनसान बनाउने, अन्तर्राष्ट्रिय अटिजम दिवसलाई पूरै खल्लो बनाउने तिम्रो सन्त्रासमा लकडाउनमा परेका श्रमिक, मजदुर, दैनिक ज्याला मजदुरी गरी हात मुख जोड्ने व्यक्तिहरूका लागि राहतको प्याकेज घोषणा गराउने, देशमा निरपेक्ष गरिबीकोे रेखामुनि रहेका नागरिकहरूको संख्या १८ प्रतिशत रहेकोे तथ्यांक भए पनि श्रमिक, असहाय, मजदुरको तथ्यांक अद्यावधिक नभई दिँदा लक्षित वर्गले साँच्चै राहतको अनुभूति गर्न नसक्ने पार्ने, घरबाट बाहिर निस्कनै नहुने भाटा खानु पर्ने, लोग्ने स्वास्नीबीच पानी बार्नु पर्ने, छरछिमेकी, साथीभाइ, इष्टमित्र पूरै सामाजिक विच्छेद पार्ने, टोल, गाउँ कतै नयाँ मान्छे देख्दा सोत्तर बनाउने, मलामी संख्यालाई ह्वात्तै घटाउने, लाग्छ हे कोरोना तिमीले देखेको विश्व योेभन्दा कुनै अर्को छ, नौलो छ ।

कामदारहरू लकडाउनमा पर्दा किन खालि बस्नु भनी अलिअलि काम गर्न खोज्ने राष्ट्रिय गौरवका आयोजना घरी मेलम्ची, घरी माथिल्लो तामाकोशीको ढाडै सेकिदिने, अलिअलि नाका खुला कि भन्ने आशाको रसुवागढीमा पनि आँखा पुुगी तिम्रै त्रासले बन्द गर्नुपर्नेे माग गराउने, विदेश जान श्रम स्वीकृति लिइसकेकाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रमतिर अल्मल्याई विदेशी डलर विप्रेषणतिरभन्दा सुख्खा सुख्खा चिउरा भए पनि स्वदेशी खानामा व्यस्त गराउन खोेज्ने हे कोरोना तिम्रोे शक्ति देखेर सबै अचम्मित भएका छौँ । जे गराँै मिलेर देशमै गरौँ विदेशको भर छैन, यो राम्र्रोे काम होइन भन्दा घोक्रो सुक्ने गरी कराउँदा त्यतिबेला कसैले सुनेन, उल्टो फेसिलिटेट् गर्न भनी छुट्टै वैैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोेर्ड समेत बन्यो ।

कोरियाका लागि ईपीएस सेन्टर छुट्टै बन्यो । वैदेशिक रोजगार वोर्डमा कार्यकारी निर्देशकमा काम गर्दा गर्दै तराईतिर आप्mना बिरामी बाबु भेट्न जाँदा दक्षिणकाली हेटौडा सडकमा गाडी पल्टिएर कम उमेरमै संसार छोडे । काठमाडौँ, ललितपुरका सीडीओ बनेर राम्रो नाम कमाएका ती स्थानेश्वर देवकोटाले वैदेशिक रोेजगारीमा जानेहरूमा दैनिकजसो ८÷१० वटा लास आउने गरेको दृश्य उनले कम देख्नुप¥यो । अर्का एक व्यक्ति जो पूर्वस्वास्थ्य सचिव थिए शान्तबहादुर श्रेष्ठ, हल्का रुघाखोकी निमोनियाले नै लग्यो धेरै दिन नै भएको छैन । विचरा ती दुबै डिग्री पढ्दाका साथी थिए, न्यूरो सर्जन् प्रसिद्ध डा. देवकोटाले संसार छोड्दा आर्यघाटमा पे्रमीकै नाताले आँखामा जति आँसु आयो ती दुबैको जीवनी सकिँदा गहभरि आँसु आयो ।

हे कोरोना ती दुवैले तिम्रो अघोरी रूपलाई कमसे कम देख्नै परेन । अहिले तिम्रो चाहेर नचाहेर घोर रूपको वर्णन गरुन्जेल ६५ हजार व्यक्तिहरू तिम्र्रो घाँटीभित्र छिरिसकेका छन्, १२ लाख बढीले प्रत्यक्ष अनुभव गरिसकेका छन् संक्रमित रूपमा । तिम्रा प्रभावमा पर्ने संसारका आधाभन्दा बढी मान्छे भइसके । धनी देश जापान विस्तारैै संसार भरिका ७३ देशलाई छिर्न नदिने योेजनामा पुगिसकेको छ भने तिम्रै शक्ति देखेर फिलिपिन्सका राष्ट्रपतिले लक्डाउन उलंघन गर्ने जो कोहीलाई देख्ना साथ गोली हान्ने आदेश दिइसकेको घोेषणा गरिसके । तिम्रो विरुद्धमा लड्नैका लागि धेरैतिरबाट सहयोग पनि जुटेको देखिन्छ । एफएनसीसीआईले पनि झण्डै दुई करोडको, पूर्वराजाले पनि दुई करोडको चेक कोषमा पठाइसकेको खबर बाहिरिएको छ । नेपालमा अरु पनि धनी छन् खोइ उनीहरूले मुख खोेलेको देखिन्न । सहयोग कोषमा अर्ब नाघेछ । डलर तानेर यसो मुख मिठ्याउने हाम्रो पनि सोेख थियो नि तिम्रै अघोरी रूपका कारण औपचारिक रूपमै भ्रमण वर्ष थन्किसकेको छ । नत्र त केही नपाए पनि विदेशीहरूको मुख हेर्नपाइन्थ्यो, चाउरी परेका नेपाली गाला देखाउन पाइन्थ्यो, वर्षभरिमा प्रकाशित हुने २÷४ वटा लेखको पैसाले भए पनि तर मार्न त पाइन्थ्यो नि । तिमै्र शक्तिले सामान बोकी हिँडेका व्यक्तिहरूलाई सप्तरीमा भक्कुमार चुटाइकोे दृश्य आँखैले हेर्नु प¥या छ । निम्न वर्ग, विपन्न, दैनिक ज्यलादारी गर्ने श्रमिकहरूलाई छाक टार्ने व्यवस्था, राहतको व्यवस्था घरैै पुगेर गर्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दा पनि राहत निवेदन कलेक्सनकै लागि सडकमा भीड देख्नु प¥या छ । राहत वितरणका विषयमा खास के रहेछ त भनी चैते दशँैकै दिन काठमाडौँको एउटा स्थानीय तहको वडा कार्यालय पुग्दा भित्री बाटो प्रयोग गरी प्रहरीबाट लुकेर वडा कार्यालय अगाडि पुगेर विनामास्क ठेलमठेल गर्दै गरेको मानिसको ठूलो लाइन देख्नु प¥या छ ।

वरिपरिको वातावरण कोलाहलपूर्ण, महिलाहरू उफ्री–उफ्री कराएका, तथानाम गाली गलौजको भाषा प्रयोग भएका, राहत मागका लागि निवेदन कलेक्सनका लागि तय भएकोे लाइनमा विवाद भएका, फाराम वितरण गर्दा गर्दै फाराम सकिएका, व्यक्तिगत पसलमा पीठो किन्दा लाइन नमिलेको, सेतो घेरा कटेको भन्ने कुरा सुन्नु परेका, सरकारी कार्यालयमा बेथितिसँग भीडभाड गर्दा केही भन्न नसकिरहेका दृश्यहरू हेरिरहनु प¥या छ ।

हाम्रा पुर्खा भन्थे अनिकालमा बीउ जोगाउन, हुलमुलमा ज्यान जोगाउनु तर के गर्ने पेट भोको भएपछि कसले वेद पढिरहला र ? राहतकै आशामा रहेकाहरू कसैकोे वीरगञ्जमा टाउको फुटेकोे कसैका हात भाँचिएको, डेढ दर्जन बढी त घाइते नै भएको दृश्य हेर्नु प¥याछ । साच्चै कोरोना तिम्रो शक्ति अपरम्पार नै रहेछ, हजार जिब्रा भएका शेष नागले पनि तिम्रो वर्णन गर्न नसक्ने रहेछन् । राष्ट्रपति ट्रम्प समेतले समय कठीन छ भनेका त्यसै होइन रहेछ नि । हामीकहाँ २ छाकसम्म भए पनि खाना खुवाइदेऊ, अघिपछि त काम गरेर खाएको हो अहिले काम गर्न पाइएन भन्दा चामल राहतको निवेदनमा कर तिरेको कागज चाहियो भनी सम्बन्धितहरूले कराएरै भनेको सुनियो राहतका लागि निवेदन दिन लाइन बसेका निवेदकहरूको लाइनको भीडमा । राहत मागको तरिका के रहेछ त भनी यसो भवनको भित्तामा आँखा लगाउँदा त्यहाँ २÷३ वटा कम्प्यूटर प्रिन्ट गरिएको सूचना टाँस गरिएको देखिन्छ ।

सूचनामा लेखिएको व्यहोरा खाद्यान्न राहत लिन चाहेका व्यक्तिले आप्mनो नागरिकताको फोटोकपि, घर धनीको नागरिकताको फोटोकपि, घर धनीको लालपूर्जाको फोटोकपि, करचुक्ताको प्रमाणपत्रको फोटोकपि, आफ्नोे अभिभावक नभएको पत्र दैनिक काम काज गरेर गुजारा चलाउने पुष्ट्याइँ, आप््mनो घरबास नभएको व्यहोरा, सूचनामा सही र छाप नभएका यस्ता सूचनाहरू हेर्न प¥या छ, नचाँहदा नचाँहदै पनि नजिकै उभिएका १ कर्मचारीजस्तै देखिनेलाई सूचनामा कसैको सही नभएको र छाप पनि केही नभएको बारे जिज्ञासा राख्दा सही छुटेको होला म माथि जाहेर गर्छु भन्ने जवाफ प्राप्त भएका, केहीबेरपछि भाटाहरूबाट भीड तितरवितर गरिएका, भीडले आँखा तर्दै, औँला ठड्याउँर्दै अलि परपर सर्दैै गरेका दर्दनाक दृश्य देख्नुपरेको आपूm त्यहाँबाट पन्छिनु परेकोे अनुभव पनि ताजै छ, कोरोनाजी यो तिम्रै करामत हो । यस्तै यस्तै खालका विधि र प्रक्रियाले विगत ७२ को भूकम्पमा पर्नेहरूकोे तथ्यांक यथार्थ हालसम्म आउन नसकेको र राहतलगायत घर भत्किँदा पाउने कुनै सुविधा नपाएर, नलिएर बसेका धेरै छन् अभैm हामीकहाँ ! के गर्नु कोरोना अब तिम्रो अनुहार हेर्ने कसैलाई मनै छैन, झट्ट तिमी नैै यस संसारबाट बिदा लेऊ न बरु हुन्न र ! नत्र विज्ञानको गोदाइमा परौला नि ! अहिले त मलामीको संख्यासमेत तिमीले घटाएको बेला ! अब तिम्रा लागि लेख्नु नपरोेस्, कलम कागज, साहस केही छैन ! नेटको पैसा पनि सिद्धियो, राहतमा २५ प्रतिशत छूट दिने भनियोे तर इन्टरनेट सेवा प्रदायकहरूले यो सम्भव छैन, हुन्न भनिसके । केवुलवालालाई पैसा नबुझाएसम्म त सरकारी सूचना पनि टीभीबाट हेर्न पाइँदैन कोरोना पहिले यस्तोे थिएन ।

यी माथिका प्रतिनिधिमूलक यथार्थहरूले हाम्रो अवस्था अवगत हुन्छ कोरोना, कुरा बुझिदेऊ । झट्ट बिदा लेऊ, लकडाउनका दिनहरू बढ्दै जाँदा लकडाउन उलंघनकोे संख्या पनि बढ्दै आउन सक्ने सन्दर्भ पनि यथार्थ छ नै त छ । राहतकै क्रममा शुल्क लिएर सामान वितरण गर्ने सूचना साल्ट ट्रेडिङ कर्र्पाेरेशनले आम जनमानसमा सूचना प्रवाह गरेअनुसार, वितरण बुथ तोके अनुसार, नेपाल ग्याँस कम्पनीले ग्यास बाँड्ने सूचना जारी गरेअनुसार त्यहाँ जाने कसरी ? बाटोमा भाटा मित्रहरू छन् । आखिर लकडाउन नै हो कसलाई के भन्ने, यसमा वितरक निकायहरूका बीच सूचना र समन्वयको अभाव छ नि कोरोना बुझेनौ कि बुझ पचायौ ।

हेर कोेरोना लकडाउन बढ्दै जाँदा विदेशीहरू फर्कने क्रम तीव्र बढिरहेको छ सकेसम्म विदेशमा रहेका नेपालीहरू पनि फर्कने क्रम तीव्र गतिमा बढ्नेजस्तोे देखिएको छ । मरे पनि आप्mनै देशमा, आप्mनै भूमिमा मरौँला भन्दै नेपालबाहिर रहेकाहरू सबैले फर्कन चाहे भने हुन्न भन्न नसकिएला । अनि सबैको व्यवस्थापन कसरी होला ? विपे्रषणमा आधारित हाम्रो अर्थतन्त्र के होला ? ती सबैलाई कहाँ राख्ने ? के कस्तो रोजगारी दिने ? अब हाम्रो भिजन के हुने ? अहिले लकडाउनको अवस्थामा मान्छे भोको परे गोठका पशुहरू रोइरहेछन् । घाँस, पराल, दाना, भूसा छैन, मान्छे घरबाहिर आउन पाएको छैन । हामी कृषि प्र्रधान देशवासी भन्छौँ, विदेशबाट ओइरिएर आउने चामल अब आउला कि नआउला ? खेतमा आलु र गहँु, चैते धान उठाउँने बेला छ ।

बारीमा मकै छर्ने कतै गोड्ने बेला छ । लौ चाडबाड त नमनाउँला । हामीले भन्ने गरेकोे कुखुराको आत्म निर्भरता के होला ? तर अर्जेन्टिना र क्यानडाबाट मकै झिकाएर कुखुरालाई दाना दिने गरेका छौँ कोरोना कति दुःख पोेखौँ । अब कृृषिक्षेत्र माछा, पशुपन्छी, फलपूmलका विषयमा के सोच्ने होेला ? अलि–अलि घरमा भएकोे खाने कुरा आपूm खाने कि पशुलाई खुवाउने ? ‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छो बाबुको अनुहार’ भन्दै थाप्लामा हिर्काएर बस्ने ? अर्को कुरा लकडाउनकै कारण देशमा मानसिक रोगीको संख्या ह्वात्तै बढे भने अथवा पशुले किलो दाम्लोे चुँडालेर फुत्किदाभँैm मान्छेले पनि गति छोडेर बाहिरियो भने तिम्र्रो भन्दा ठूलो समस्या नआउला र । लकडाउन भनेको लगभग बन्दी जीवन नै त हो । अर्को कुरा कोेरोना राहतका प्याकेजमा घरभाडा मिनाहाका कुरा छन् । घरभेटीले घर बनाउँदा लिएको बैंकको ब्याज मिनाहाको कुरा छैन ।

घरभाडाबाटै घरको खर्र्च, खाद्यान्न, लत्ताकपडा, औषधिमुलोको प्रबन्ध, सामाजिक कर्म, चाडबाड बच्चा बच्चीको विद्यालय खर्च, खाजा कसले जोहो गरिदिने ? कि यी सबै काम, रोजगारीको जिम्मासमेत तिमीले नै लिने ? घरभेटी र बहालवालाबीच तनाव सिर्जना गराउने ?कोरोना राहतको प्याकेजमा अर्को कुरा पनि रहेछ । चैत्र महिनाको विद्यालयको फि मिनाहा हुने रे । कुरा अचम्मको किन छ भने चैत्र ५ सम्म सबै परीक्षा सकिसक्नू भन्नासाथ त्यही सूचनालाई कोड गर्दै विद्यालयहरूले अभिभावकलाई विद्यार्थीको परीक्षाकोे प्रवेशपत्र फागुनको तेस्रो सातामै तुरुन्तै लिइसक्नुपर्ने, परीक्षाकोे प्रवेशपत्र लिन आउँदा चैत्र महिनासम्मको फि चुक्ता गर्न पत्र लेखिसकेको अवस्था छ । अभिभावकहरूले सबै रकम चुक्ता गरेर केटाकेटीहरूलाई परीक्षामा सामेल गराएका छन्् ।

भुक्तानी भइसकेकोे चैतको फि अब कसरी फिर्ता होला त कोरोना ! तिमीले छोडी गए बरु दुःखजिलो केही गरिएला । जसो पर्ला त्यसै टर्ला, गर्नु के त ? रोएर भएन, कराएर भएन, बाँचिरहियो भने संसारको नयाँ रूप त देखिएला नि ! तर बिन्ती अब छोेडिदेऊ… अति भो अति……नत्र…! अब पूर्णपात्र गर्ने चामल नभएकाले, संंकटका बेला काम लाग्ला भनेर अघिपछि गाँस कटाएर राखेको नोटकोे बैंकमा यामानको भोटे ताल्चा लागिरहेकोले दराजतिर सिक्का छ भने हातमा लिने, त्यो पनि नभए खालि हात फैलाएर कोरोनालाई बाइबाइ गरौँ । सुन्ने, पढ्नेलाई ग्यासको खालि सिलन्डरको माला अनि लेख्ने, छाप्नेलाई त उधारो दक्षिणा भइजाला । कसैका लागि चोट परे साहित्यको काल्पनिक कथा सम्झिएला । मोेनोटोनोसै हुनेगरी कति टेक्निकल विषय मात्रै लेखिरहने त आखिर घाम लागे पनि घैँटोमा पर्र्दो रहेनछ त ! अस्तु महात्म्यं सम्पूर्णं इति !


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x