जैविक विविधताको आवश्यकता
काठमाडौं । गत जेठ ८ गते नेपाललगायत विश्वभरि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइयो । जुन सन् २००० डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस विश्वभर मनाइँदै आएको छ । यसरी नेपालले पनि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । यही दिवसका सन्दर्भमा जैविक विविधताको संरक्षण, सदुपयोग र न्यायोचित वितरणलाई जोड दिइन्छ । यसर्थ, मुलुकमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भत्राले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भत्रे बुझिन्छ । जसरी भूपरिवेष्ठित देशका मान्छे समुद्र देख्दा रमाउँछन् अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाउँछन् । त्यसै गरी गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथजस्ता स्थल पवित्र भू–स्वरूपको रूपमा अङ्गीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मान्छेभित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । यसरी जहाँ अरबको मरुभूमिमा बसोबास गर्ने मान्छे हिमाल हेर्न नेपाल आउँछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विविधता, प्रकृति, वनस्पति, जनावर, चराहरू आदि हेर्न नेपाल आउँछन् ।
तसर्थ, नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरू आउँदैन थिए पनि होला । त्यस अर्थमा पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ । यसरी पर्यटकीयरूपमा अत्यन्त सम्भावना भएको हाम्रो देश विश्वमै २५ औँ स्थानमा छ । यहाँ छोटो दूरीमा धेरै भौगोलिक संरचना, भित्रभित्र मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । जसमा पहाड, तराई र हिमाली क्षेत्रमा उत्तर दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ । जहाँसम्म कि घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नित्तान्त फरक प्राकृतिक माहोलमा पुगिन्छ, ती क्षेत्रमा जैविक विविधता अनुभव गर्न सकिन्छ । तसर्थ, नेपालमा समुद्री सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाइ आठ हजार आठ सय ४८ दशमलव छ मिटरको सगरमाथा छ ।
नेपालमा दुई सय सात प्रजातिका स्तनधारी, आठ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, एक सय प्रजातिका सरीसृप र एक सय ८५ प्रजातिका माछा, छ सय ५३ जातका पुतली, तीन हजार नौ सय ६६ भन्दा बढी राति उड्ने पुतली, पाँच हजार बढी किरा, दुई सय प्रजातिका माकुरा र छ हजार बढी फूल फुल्ने वनस्पति, चार सय ७१ प्रजातिका झ्याउ, एक हजार आठ सय २२ प्रजातिका ढुसी र तीन सय ८३ प्रजातिका उन्युहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नै ३० वटाभन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका तीन सय ६३ भन्दा बढी प्रजाति छन् । जुन सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । जसरी पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । अतः नेपालमा पाँच सयभन्दा बढी प्रजातिका अत्रबाली खान योग्य छन् । त्यसमध्ये दुई सय प्रजातिको खेती गरिन्छ । जसलेगर्दा प्रजातीय विविधता, वातावरणीय विविधता, रहनसहनको विविधता, अनुवांशिक विविधता, नेपालको जैविक विविधताभित्र पर्दछ । त्यस्तै, गरी उन्यु, च्याउ, लेउ वा झ्याउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको संख्या नेपालमा पाँच हजार आठ सय ५६ छ । गुराँस प्रजातिको संख्या मात्रै ३० नाघ्छ भने सुनगाभा र सुनाखरी परिवारमा तीन सय ६३ भन्दा बढी प्रजाति छन् । जसमा प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन् । त्यसरी हाम्रो देशमा पुतलीको सबैभन्दा धेरै प्रजाति पाइन्छ । विश्वको सन्दर्भमा हेर्ने हो भने ब्राजिलपश्चात् सबैभन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो ।
नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । नेपालमा ६० हजार पाँच सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ ।
पृथ्वीको अस्तित्व जोगाउनका लागि वनस्पति संरक्षण गर्नु अनिवार्य छ । वनस्पति मात्र यस्ता सजीव हुन् जसले सौर्य ऊर्जालाई रासायनिक ऊर्जामा रूपान्तरण गरेका हुन्छन् । यो प्रकाश संश्लेषण प्रक्रिया हो । यदि वनस्पति नहुँदा हुन् त सौर्य ऊर्जा पारिस्थितिक प्रणालीमा खाद्य सञ्जालको रूपमा जान सक्दैन’थ्यो । जसले गर्दा पारिस्थितिक प्रणाली नै सिर्जित हुन सक्दैन थियो । जुन सजीव तथा निर्जीवहरूको अन्तरसम्बन्ध कायम हुन नसकेपछि जीवित पर्यावरण पनि रहँदैन । यसैबाट वनस्पति र वातावरणको अन्योन्याश्रित सम्बन्ध अनुभूति गर्न सकिन्छ । जसमा वातावरणमा देखापरेका जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न र अनुकूलित हुनका लागि वनस्पति संरक्षण अनिवार्य छ । स्वच्छदेखि नुनिलो पानीसम्म तथा उष्णदेखि लेकाली वातावरणमा विविध प्रजातिका वनस्पति पाइन्छन् ।
यसरी जन्मदेखि मृत्युसम्म विभित्र मानव संस्कारमा वनस्पतिका विविध भाग जस्तै फूल, फल, बीउ, बोक्रा, काठ, जरा आदि प्रयोग हुँदै आएको छ । यसर्थ वनस्पतिले नै यस धर्तीमा जीवित वातावरणको सिर्जना गरिरहेका छन् । वनस्पतिको विनासका कारण मौसम परिवर्तन, हरित गृह ग्यास उत्सर्जन, विश्व तापमान वृद्धि र जलवायु परिवर्तनलगायतका असर पर्दछन् । यसर्थ आर्थिक विकास र वातावरणको अन्योन्याश्रित सम्बन्धबाट नै दिगो वातावरण कायम गर्न सकिन्छ । जसरी दिगो वातावरण सँगसँगै दिगो विकास अगाडि बढ्न सक्छ । यसको ठोस कार्यान्वयन हुनु अनिवार्य छ । तर होइन भने विकासका नाममा धेरै विनास हुन सक्छ । त्यसैले, वातावरणमैत्री विकासका गतिविधिहरू मात्र सञ्चालन गरिनुपर्छ । जसमा जैविक प्रविधि नीति, २०६३ ले जैविक प्रविधिलाई देश विकास र वातावरणीय संरक्षण एवं जनकल्याणको सशक्त आधारको रूपमा प्रतिस्थापन गरी गरिबी निवारणमा योगदान दिने लक्ष्य लिएको छ । जुन नीतिले बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार, जैविक सुरक्षा, जैविक निगरानी तथा जैविक नैतिकताजस्ता विषयहरूलाई पनि सुनिश्चितता प्रदान गर्ने उल्लेख गरेको छ ।
समग्रमा भन्नुपर्दा पछिल्लो समयमा जैविक विविधता, वन तथा वातावरण विनास हुँदै गएको छ । यसको संरक्षणमा युवालाई परिचालन गरी संरक्षण संस्कार वृद्धि गर्न सके जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण कदम हुनेछ । देश जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ । यसर्थ, मुलुक एक सुन्दर एवम् विविधतायुक्त स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ । यसरी जैविक विविधताका क्षेत्रमा संरक्षण सम्वद्र्धन गरी पूर्वाधारमा व्यापक लगानी गर्ने हो भने एकदुई वर्षमै अहिलेको भन्दा जैविक विविधताको संरक्षण संख्यालाई दोब्बर पार्न सकिन्छ । यसका लागि ठूलो लगानी आवश्यक हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया