गुणस्तरीय स्वास्थ्य सेवा
डा.माधव अधिकारी
काठमाण्डौं,वैशाख १
आजको सन्दर्भमा अति आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने सार्वजनिक अस्पतालहरूमा सेवाप्रवाहको गुणस्तर र सेवाग्राहीहरूको विचारलाई समेत विश्लेषण गर्नु आजको आवश्यकता भएको छ । वर्तमान सन्दर्भमा, कोरोना भाइरसले विश्वमा नै लाखौँ मानिस प्रभावित र करिव ५४ हजार मानिसको मृत्युवरण भइसकेको छ । ठूला शक्तिशाली राष्ट्रमा पनि यस भाइरसले ठूलो क्षति पु¥याएको छ जस्तैः अमेरिका, इटाली, स्पेन, चिन आदि । यस कोरोना भाइरसको प्रभाव परी हाम्रो देश नेपाल पनि हाल लकडाउनमा छ । नेपालमा अति आवश्यक स्वास्थ्य सेवाको भौतिक पूर्वाधार तथा उपकरण आवश्यक मात्रामा छैनन् । भौतिक पूर्वाधार जेनतेन चले पनि निहित स्वार्थको कारणबाट सम्बन्धित उपकरणहरूको व्यवस्था ज्यादै नाजुक छ । सो कार्य संघ, प्रदेशले स्थानीय तहमा आजसम्म आवश्यक मात्रामा पु¥याउन सकेका छैनन् र स्थानीय सरकारले पनि स्वास्थ्य उपकरणहरू आवश्यक मात्रामा व्यवस्था मिलाउन सेकेको पाइदैन । सो कुराको प्रमाणिकरण अस्पतालका स्वास्थ्यकर्मीबाट प्रस्टरूपमा सञ्चारकर्मीमार्फत बाहिर आइरहेको छ ।
साँच्चै नै भन्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोकथामको लागि चाहिने उपकरण ज्यादै न्यून छ । सोसम्बन्धी आवश्यक उपकरण नदिई सो भाइरसको उपचार गर्नु भन्नु, कुनै लडाइँ लड्न सैनिकलाई विनाहतियार लडाइँ लडी विजय हासिल गर्नु भनेजस्तै हो ।अति आवश्यक स्वास्थ्य सेवा लिने बिरामीहरू आफू सम्पर्कमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीद्वारा कुन किसिमबाट व्यवहार गरिएको छ । प्रवाहित अति आवश्यक स्वास्थ्य सेवा र तत्कालको वातावरणले पनि बिरामीमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । स्वस्थ्य संस्थामा सेवा प्रवाह र सेवा प्रवाहको वातावरणलाई पनि महत्वका साथ लिनु पर्दछ । स्वास्थ्य सेवाबाट देखिएका असर बिरामीको रोग निराकरणको लागि स्वास्थ्यकर्मी सँधै नै सकारात्मक हुनुपर्दछ । बिरामीप्रति अस्पतालले गुणस्तरीय सेवा, मित्रवत व्यवहार र बोलीचाली नै बिरामी सन्तुष्टीको प्रमुख कडी हो ।
गुणस्तर सेवाको लागि आवश्यक उपकरणहरू स्वास्थ्य संस्थामा उपलब्ध हुनु पर्दछ । आजको कोरोना भाइरसको सन्दर्भमा उपलब्ध गर्नसक्ने उपकरण पनि सम्बन्धित निकायले उपलब्ध गराउन सकेको छैन र उपलब्ध गराउने प्रयास पनि निहित स्वार्थमा अल्झि खरिद कार्यमा नै प्रश्न उठेको छ । नेपाल सरकारको सार्वजनिक अस्पतालमा अति आवश्यक स्वास्थ्य सेवा बिरामीहरूलाई उपयुक्तढंबाट गुणस्तर, शिष्ट र नम्र व्यवहारः सम्बन्धित बिरामीको अधिकार नै सबैभन्दा महत्वपूर्ण पक्ष हो, जुन स्वास्थ्य उपकरणको कमीका कारण नारामा मात्र सीमित भएको छ ।
राजधानी काठमाडौँमै रहेको सरकारी अस्पतालमा समेत आवश्यक उपकरणको कमी हुँदा पनि सरकारले सो समस्या स्थायीरूपमा हल गर्ने खासै योजना नल्याई अति आवश्यक स्वास्थ्य सेवा र अस्पतालको अस्तित्व र पहिचान संकटमा परेको छ । सोकारणले अस्पतालमा अति आवश्यक सेवा लिन आउने सर्वसाधारण जनताको जीवन थप कष्टकरमय बनाएका छन् । ठूलो धनराशी लगानी हुँदा पनि सहजरूपमा अस्पतालमा आवश्यक उपकरणको उचित यवस्थापन गर्न नसक्नु कसको कमजोरी त ? सरकार, कर्मचारी र सम्बन्धित निकायहरू आदि कुराको निक्र्यौल गरी त्यसको जवाफ नेपाली जनतालाई दिने बेला आएको छ किनभने अति आवश्यक गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धतामा अवरोध हुनु ठूलो खेलवाड हो । यस्तो समस्या आउनु ज्यादै दुःखको कुरा हो । अतः राजधानी र देशका अन्य स्थानमा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी छिटोभन्दा छिटो आवश्यक उपकरणको उचित व्यवस्था गराई कोरोना भाइरसको उचित रोकथाम गर्नु समयको माग हो ।
कोरोना भाइसरको माहामारीको रोकथाम गर्नु महत्वपूर्ण पक्ष हो । प्रत्यक्ष जनसरोकारका लागि जिम्मेवारी पाएका अस्पताल स्वास्थ्यकर्मीको रवैयामा अस्पतालको छवि निर्भर गर्दछ । स्वास्थ्य संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा दिई बिरामीसँग नम्र र मित्रवत हुनु जरुरी छ । बिरामीको सन्तुष्टिले गुणस्तरीय सेवा उत्पादन, सेवा प्रवाह र सेवा प्रवाहको वातावरणमा सकारात्मक सम्बन्ध राख्दछ । नेपाल सरकारमा यस विषयको गाम्भीरताबारे विचार हुन जरुरी छ । प्राय स्वास्थ्यकर्मीमा मुख्य यी कुराले प्रभावित भएका हुन्छन् । उपकरणको अभाव, राजनितिक भागबन्डा, अविस्वासको वातावरण–एकले अर्कोलाई विश्वास नगर्नु र आफूबाहेक अरु सबै ठग, चोर र असक्षम छन् भनी ठान्नु ठूलो गलत सोचाइ हुन पुगेको छ । यस्तो वातावरणले गर्दा काम गर्ने स्वस्थ्यकर्मीको मनमा पनि अन्ततोगत्वा काम नगर्ने भावना श्रृजना हुनगई अति आवश्यक स्वास्थ्य सेवाप्रवाहमा ठूलो असर पर्न गएको देखिन्छ ।
सही मूल्याङ्कन नहुनु–कुनै पनि कामको वा मानिसको सही मूल्याङ्कन गर्ने गराउने अर्थात् हुने वातावरण भएन । मूल्याङ्कनकर्ताले राजनिति आस्थाको आधारमा भरसक कसैको भनाइ सुनेर मूल्याङ्कन गर्ने परिपाटी बसालिएको छ । जसले गर्दा काम गर्ने मानिसमा नैराश्यको भावना जागरण गराई काम नगरे पनि हुने हो कि भन्ने सोचाइमा अभिवृद्धि हुँदै गएको पाइएको छ । उपरोक्त बुँदाहरू एवं कमीकमजोरी अति आवश्यक स्वास्थ्य सेवामा सेवामा कोरोना भाइरस हो । यो भाइरसलाई निर्मूल गर्न धेरै कठिन भए पनि समयमा उचित उपकरणबाट दक्ष सेवा दिई कोरोना भाइरसको पहिचान गरी रोकथाम गर्न सकिन्छ । यसको लागि बिरामी र स्वास्थ्यकर्मीको भूमिका उतिकै महत्वपूर्ण छ ।
उपलब्ध भौतिक सुविधाहरूको मर्मत सम्भार गरी बिरामी अनुकूल हुनेगरी सुधार गर्न जरुरी छ । अस्पतालले जनचाहनाअनुरूप विश्वास संग्रह गर्नुपर्छ । असल स्वास्थ्यकर्मी सबै स्वास्थ्य संस्थाकालागि सधैँ जरुरत छ जसले अति आवश्यक स्वास्थ्य सेवालाई पनि अभिप्रेरणा दिन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेको बिरामीले स्वास्थ्यकर्मी तथा अस्पतालको स्वास्थ्यसेवाको प्रचारप्रसार गर्छ । बिरामी र स्वास्थ्यकर्मीको बोली नै अस्पतालको विज्ञापन हुन जान्छ र नयाँ स्वस्थ्य सेवा लिने सर्वसाधरणलाई आकर्षित गर्न सजिलो हुन्छ । शिष्ट, नम्र व्यवहार र गुणस्तरिय सेवा सबैको अधिकार एवं अस्पताल सेवामा सेवा प्रदायकको गहना हो । माथिको तथ्यको आधारमा अति आवश्यक स्वास्थ्य सेवा कस्तो छ भन्ने कुरा कुन मापदण्डमा छ स्वत प्रमाणित हुन्छ ।
निश्कर्षमा भन्नुपर्दा अति आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरू आफैँ स्वास्थ्य (भौतिक पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति र वातावरणमैत्री) हुन पर्दछ । सम्बन्धित मन्त्रालय, विभाग निहित स्वार्थमा लाग्नु हुँदैन । आजको भयावह कोरोना भाइरसको उपचार सेवा प्रदान गर्दा गुणस्तरलाई ध्यानमा राख्नु र बिरामीहरूको विश्वास सधैँ प्राप्त गरी राख्नु भनेको अस्पतालहरूका लागि आफ्नो दीर्घकालीन स्वच्छ वातावणीय सोच र गन्तव्यमा पुग्ने स्वास्थ्य सेवाको मुख्य बाटोलाई सहज बनाउनु हो साथै नेपाली जनताको विश्वास जित्नु हो । स्वास्थ्य सेवामा थपिएका नौला आयामहरूमा आफूले प्रवाह गरेको सेवाबारे सरोकारवाला बिरामी समूहको के–कस्तो अवधारणा छ, लक्षित समुदायले कसरी सेवा लिइरहेको छ भनी समय समयमा अनुगमन र मूल्याङ्कन गर्नु अत्यन्त जरुरी छ । सो अनुगमन र मूल्याङ्कनको आधारमा सुधार गरी स्वास्थ्य सेवा निहित स्वार्थरहित बनाउनु सक्नु पर्दछ तवमात्र हालको भयावह स्थितिको कोरोना भाइरसको रोकथाम गर्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया