नेपाली कफीको विदेशी सौता ?
आज गुल्मी कफीका अगुवा र साथी वाईबी थापाको आग्रहमा शनिबारबाटै काठमाडौंमा चल्दै गरेको चार दिने राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० हेर्ने र सहभागी हुने मौका पाइयो । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा तथा नेपाल सरकारका विभिन्न संस्थाहरूको सहयोगमा सञ्चालित चार दिने सम्मेलनले नेपाली कफीको क्षेत्रमा लगानी भित्र्याउने, उत्पादन बढाउने तथा कफी बजार विस्तार र नीतिगत छलफल गर्ने बुझाइ थियो । सम्मेलन नेपालमै पहिलोपल्ट आयोजना गरेको दाबी नेपाल कफी व्यवसायी महासंघका अध्यक्षले जानकारी दिएको थियो ।
काठमाडौंको नयाँबजारको सासा पार्टी प्यालेसमा भव्यताका साथ आयोजना गरिएको सो कार्यक्रममा कफीसँग सम्बन्धित कृषक, संकलक, क्याफे सञ्चालक, कफी प्राविधिक, कफी मेसिनरी उपकरण आयातकर्ता, कफी आयात निर्यातकर्ता, विषयगत विज्ञ, युवा विद्यार्थीहरू, सरकारी निकाय र संघसंस्थाको सहभागिता रहेको पाइयो ।
कृषकहरूले आँट गर्नै नसक्ने झकिझकाउसहितको सो सम्मेलनलाई मुख्यतः दुई प्रकृतिका सहभागीले भाग लिएको पाइयो । पहिलोमा कफी उत्पादक कृषक र कफी सहकारी समूह थिए भने दोस्रोमा बरिस्टामा संलग्न व्यापारीहरू जसमा क्याफे सञ्चालक, कफी बनाउने मेसिनरी उपकरण विक्रेता, कफी आयात तथा निर्यात व्यापारी, बरिस्टा तालिम दिनेहरू पर्न आउँछन् ।
यसो हेर्दा दोस्रो समूहका व्यक्तिहरू तामझामका साथ सहभागी हुँदै गरेका थिए । यो समूहमा युवाहरूको चहलपहल बाक्लो देखिएको थियो । बरिस्टा खासगरी कफी बनाउने कला (लाटे)को प्रतियोगिता भइरहेकाले युवाहरू बढी सक्रिय देखिन्थ्यो । प्रदर्शनीमा विभिन्न प्रकारका महँगा कफी बनाउने र चाहिने उपकरण, कफी कम्पनीका बजारमा ल्याएका कफी, कफी बनाउने कलाको प्रतियोगिता आदि देख्न पाइयो ।
अर्को महत्वपूर्ण र आकर्षण हुनुपर्ने तर न्यून सहभागिता रहेको छलफल थियो कृषि उत्पादक समूहको छलफल । नेपाली कफी प्रवद्र्धन र विकासका लागि यो छलफल अतिमहत्वपूर्ण लाग्यो र भाग लिने अवसर मिल्यो । छलफलमा नेपाली कफी विकासका चुनौती, नेपाली कफीको क्षेत्र विस्तार, बजार विस्तार र नीतिगत सुझाव एवम् लगानी भित्र्याउनेसँग सम्बन्धित थियो । छलफलमा विगत धेरै वर्षदेखि सुनेका भोगेका चुनौतीको कुरा नै उठेको पाइयो । आफूले भोगेका र लागेका कुराहरू पनि राखियो ।
वर्तमान तथ्याङ्क हेर्दा नेपाली कफी गहिरो संकटमा परेको देखिन्छ । उत्पादन ५३१ टनबाट झरेर आज ३१४ टन पुगेको छ । कमी हुनुको धेरै कारणमध्ये एक र मुख्य कारण कृषक÷युवाहरू कफी खेतीमा आकर्षक नहुनु हो । युवाहरू गाउँबाट नेपालका विभिन्न सहर र देशबाहिर पलायन भएपछि गाउँमा काम गर्ने शक्तिको अभावले गर्दा पनि नकारात्मक असर परेको मान्न सकिन्छ । कफी विशेषतः पहाडी भेगमा हुने खेती हो ।
वर्तमान तथ्याङ्क हेर्दा नेपाली कफी गहिरो संकटमा परेको देखिन्छ । उत्पादन ५३१ टनबाट झरेर आज ३१४ टन पुगेको छ । कमी हुनुको धेरै कारणमध्ये एक र मुख्य कारण कृषक÷युवाहरू कफी खेतीमा आकर्षक नहुनु हो । युवाहरू गाउँबाट नेपालका विभिन्न सहर र देशबाहिर पलायन भएपछि गाउँमा काम गर्ने शक्तिको अभावले गर्दा पनि नकारात्मक असर परेको मान्न सकिन्छ । कफी विशेषतः पहाडी भेगमा हुने खेती हो ।
नयाँ जनगणनाअनुसार सबै पहाडी जिल्लाबाट बसाइँसराइ गरी सहर वा मधेशतिर लागेको देखिन्छ । हालैको कोरोना (कोभिड) र लकडाउनले गर्दा पनि कफीबारी राम्रोसँग व्यवस्थापन गर्न नसक्नु, रोग लाग्नु, आदिले गर्दा उत्पादनमा कमी आएको मान्न सकिन्छ ।
नेपालमा कफी पिउने र पिलाउने संस्कृति बढेको र ठूलो फड्को मारिरहेको छ ।
काठमाडौं सहरभित्र मात्रै देखिने कफी पसल, क्याफे आज देशभर विस्तार भएको छ । कफीको जनशक्ति र कफीको माग पनि ह्वात्तै बढेको देखिन्छ । नेपालमा कफी उत्पादनमा मात्र सीमित रहेको अवस्था अब भने रहेन । यसबाट उत्पादन तथा ट्रेडिङ गर्ने व्यवसायहरू दुवैले गतिलो मौका पाएको छ । रोजगारीको अवसर प्रशस्त पाउने देखिएको छ । ठाउँठाउँमा खोलेका बरिस्टा तालिम केन्द्र र क्याफेहरू यसका उदाहरण हुन् ।
नेपाली कफी अरेबिका हाई ल्यान्ड हिमालयन कफीको नामले विश्वविख्यात मान्न सकिन्छ । नेपाली कफीको अद्वितीय स्वाद र सुगन्ध (एरोमा), देशी र विदेशी कफी पारखीको अधिक मनपर्नेमा पर्दछ । विदेशी बजारमा नेपाली कफीको उच्च माग हुने गरेको छ । तर मागअनुसार नेपालले आपूर्ति गर्न भने सकेको देखिँदैन । त्यसको मुख्य कारण गुणस्तर र पर्याप्त मात्रामा चाहेजति कफी उत्पादन नहुनु नै हो ।
देशमा माग बढेसँगै व्यापारीहरूले कफीको आयात गर्ने सिलसिला सुरु भएको छ । बाहिरबाट आयातित कफी नेपालमा उत्पादन नगरेको रोबस्टा जातको धेरै पाउँछौँ । यो कफी अरेबिकभन्दा उत्पादन गर्न सजिलो र धेरै सस्तो हुने गर्छ । हाल नेपालमा भारतलगायत विश्वका विभिन्न मुलुकबाट आयात गरेका कफीहरू पाउँछौँ । आयातको क्रम बढ्दो छ र व्यापारीहरूले बढी मुनाफाको लागि यसको प्रयोग बढी गरेको पाइन्छ ।
कफी पसल र क्याफेमा आयातित कफीमा केही नेपाली कफी मिश्रण गरी कफी पारखी समक्ष प्रस्तुत गर्ने गरिन्छ । यसबाट कफी पारखीले शुद्ध नेपाली कफीको स्वाद र सुगन्ध (एरोमा)समेत चाख्न नपाएको अवस्था छ । ठूलाठुला कफी व्यापारीहरूले मुनाफामा जोड दिने र सस्तोमा सस्तो कफी प्रयोग गर्ने गर्दा नेपाली कफीको आयु कतिसम्म पुग्ने हो भन्नेतिर सरकारको ध्यान जानुपर्ने देखिन्छ ।
आयातित कफी सस्तो हुनुको कारण भन्सारमा तिर्नुपर्ने करमा गरिने हेराफेरि नै हो । भन्सारका कर्मचारीहरूको मिलेमतोमा विदेशी कफी भित्र्याइन्छ । सुनिन्छ, भन्सारमा कफी आयात गरेको प्रमाण पाउन नै पनि मुस्किल छ । तर बजारमा आयातित कफी छ्याप्छ्याप्ती पाउन सक्छौँ । सुनिन्छ, विदेशी कफीको स्वाद राम्रो भन्ने अफवाह फैलाएको छ । सरकारका सम्बन्धित निकायले नियमन नगरेको हो वा गर्न नसकेको बुझ्न सकेको छैन । सरकारको ध्यान यतातिर पनि जाओस् ।
विदेशी कफीको करको दायरा पनि वृद्धि गरियोस् ताकि नेपाली कफीलाई प्रोत्साहन मिलोस् । साँच्चै भन्नुपर्दा आयातित कफी नेपाली कफीको सौता बन्न पुगेको छ । जसले नेपाली कफीको लागि चुनौती थपेको छ । कफी पसल, क्याफे, बरिस्टामा युवायुवतीहरूको आकर्षण दिनानुदिन बढेको पाइन्छ । हाल यसलाई सहरको ग्लैमर क्षेत्रको रूपमा पनि लिइन्छ । केही हप्ताको बरिस्टा तालिमपछि स्वयमसेवी अथवा जागिरेको रूपमा क्याफे, रेस्टुरेन्ट, होटलहरूमा काम पाइने र विदेशमा पढ्न अथवा काम गर्न जान पाए काम पाउन सजिलो हुने भएबाट यसको आकर्षण बढेको पाइन्छ । कफी खेती गरी उत्पादन लिन कम्तीमा तीन वर्ष कुर्नुपर्ने, बजारको ग्यारेन्टी वा अभाव, ग्ल्यामर नहनु र कृषकलाई पाउनुपर्ने सम्मान नगर्नाले पनि युवाहरूलाई उत्पादनतिर आकर्षण गर्न कठिनाइ भएको देखिन्छ । हुन त केही युवाहरू तम्सेर अघि बढेको पनि देखिन्छ । यी युवाहरूलाई सरकार र सम्बन्धित निकायले संरक्षण दिन सक्नुपर्छ ।
विदेशबाट फर्किएकाहरूलाई यो क्षेत्रमा लगानी गराउने अर्को सम्भावना देखिन्छ । तर विदेशमा काम गरेको विषय र विशेषज्ञमा भरपर्ने देखिन्छ । यदि कृषिमा नै हो भने सजिलै हुन सक्छ र सरकारद्वारा प्रोत्साहन गर्नुपर्ने हुन्छ ।नेपालको कफी विकासमा नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बोर्ड, अन्तर्राष्ट्रिय संस्थाहरू हेल्भितास र युरोपियन युनियनले ठूलो भूमिका खेलेको देखिन्छ । तीन महिने कफी प्राविधिक उत्पादनमा हेल्भितासले ठूलो योगदान दिएको छ । सहकारीमार्फत साना कृषकलाई परिचालन गरी देशका विभिन्न स्थानमा कफी खेती गर्न सहयोग गरेको छ । तर साना किसानबाहेक व्यावसायिक कफी खेतीमा आबद्ध ठूला किसानलाई समावेश गर्न सकेन अथवा चाहेन । हुन त हेल्भितासले नीतिमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो, जुन हुन सकेको छैन । हाल यी दुवै संस्थाले सहयोग बन्द गरेको अवस्थामा छ । कफी सहकारीमार्फत तीस हजारभन्दा बढी साना किसान कफी उत्पादनमा लागेको तथ्याङ्कले देखाउँछ । तर उत्पादनको परिमाण हेर्दा आबद्ध सबै किसानले साँच्चै कफी खेती नै गरेको हो भन्ने पुष्टि हुन सकेको छैन ।
कफी किसानहरूले विभिन्न चुनौती भोगेको पाइन्छ । जसमध्ये कफीको उन्नत जातको बीउको अभावले गर्दा अनुमान गरेअनुरूप प्रतिबोट उत्पादन लिन सकेको देखिँदैन । बिरुवामा लाग्ने गभारो र सिन्दुरे रोगको अर्को चुनौती देखिन्छ । अर्गानिक कृषि प्रणाली अवलम्बनले गर्दा रासायनिक मल तथा विषादी प्रयोग गर्न नसक्ने र अरू विश्वसनीय विकल्प नहुँदा कफी बोट बचाउन नसकी सबै मरेको र धेरै घाटा व्यहोर्नुपरेको उदाहरण प्रशस्त पाइन्छ । बिरुवाको बिमा गर्न नसक्ने अवस्था हुँदा सबै लगानीबाट हात धुनुपर्ने भएको छ ।
कफी विषयसम्बन्धी उच्च शिक्षा हासिल गरेको जनशक्तिको ठूलो अभाव सम्भवतः छैन नै । स्थानीय तीन महिने तालिमप्राप्त प्राविधिकहरूको भरमा कफी किसानले आफ्नो खेतीमा लगानी गरेका छन् । साच्चिँकै कफी किसानहरू बिचौलियाहरूले गर्दा मुनाफा राम्रो पाउन सक्ने अवस्था छैन । बिचौलिया सहकारीको बोलावाला हाबी देखिन्छ ।कफीसम्बन्धी अनुसन्धान अर्को कमजोर पक्ष देखिन्छ । नेपाल सरकार कृषि मन्त्रालय, राष्ट्रिय कृषि अनुसन्धान केन्द्रअन्तर्गत गुल्मीमा केही अनुसन्धानको पहल गरे पनि राम्रो नतिजा हासिल गरेको सुनिँदैन । नेपाली माटो सुहाउँदो उच्च नश्लको बीउ (हाइ ब्रिड बीउ) उत्पादन र कफीका बोटहरूमा लाग्ने रोग निवारणका उपाय पत्ता लगाउनुपर्ने हो । देशका विभिन्न ठाउँमा अनुसन्धान केन्द्रहरू स्थापना गरी माटो, हावापानी सुहाउँदो बीउविजन उत्पादन गरी किसानलाई सहयोग गर्न नसके कफी उत्पादनको विस्तार सम्भव हुने देखिँदैन ।
नेपालको कफी उत्पादनमा साना किसान र कफी सहकारीको ठूलो भूमिका रहिआएको छ । झण्डै तीस हजार साना किसान यस क्षेत्रमा लागेका छन् । ठूला लगानीकर्ताहरूको यो क्षेत्रमा कमी छ । व्यावसायिक कफी खेती गर्ने निजी क्षेत्र र लगानीकर्ताको खाँचो छ । सरकारले कफी खेती गर्न उपयुक्त भूमि (जग्गा) को व्यवस्था, बैंकबाट सरल प्रणालीबाट ऋणको व्यवस्था गर्न सके बृहत्रूपमा कफी खेती गर्न सक्ने सम्भावना देखिन्छ र नेपाली कफीले विश्व बजारमा फड्को मार्न सक्ने हुन्छ ।
नेपालको कफी उत्पादनमा साना किसान र कफी सहकारीको ठूलो भूमिका रहिआएको छ । झण्डै तीस हजार साना किसान यस क्षेत्रमा लागेका छन् । ठूला लगानीकर्ताहरूको यो क्षेत्रमा कमी छ । व्यावसायिक कफी खेती गर्ने निजी क्षेत्र र लगानीकर्ताको खाँचो छ । सरकारले कफी खेती गर्न उपयुक्त भूमि (जग्गा) को व्यवस्था, बैंकबाट सरल प्रणालीबाट ऋणको व्यवस्था गर्न सके बृहत्रूपमा कफी खेती गर्न सक्ने सम्भावना देखिन्छ र नेपाली कफीले विश्व बजारमा फड्को मार्न सक्ने हुन्छ ।
नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बोर्डको भूमिकाअनुरूप काम गर्न अझ मेहनत गर्नुपर्ने देखिन्छ । बोर्डको प्रमुख, राजनीतिक नियुक्तिले गर्दा र सो पदको तह त्यतिमाथि नहुँदा खासै प्रभावकारी हुन सकेको देखिँदैन । यो निकाय चिया र कफी दुवैको विशुद्ध प्राविधिक हुनुपर्ने देखिन्छ ।
देशमा कफीसँग सम्बन्धित समिति, संघ, महासंघ खोलेको पाइन्छ । कति कृषकहरू यसमा आबद्ध गराउन सकेको छ, ठूला किसानहरूको संलग्नता छ कि छैन, यो त संघहरूलाई नै थाहा होला । महासंघका केही अगुवा भनाउँदाहरूले व्यक्तिगत फाइदा लिनेभन्दा खास उपलब्धि हासिल गर्न नसकेको साना किसानहरूको गुनासो सुनिन्छ । पदाधिकारीहरू किसानको स्तरको व्यवहार गरे राम्रो हुन्थ्यो र राजनीतिभन्दा माथि उठ्न सक्ने हुनुपर्छ ।साझेदारीमा काभ्रे जिल्लामा २२५ रोपनीमा कफी खेती गरियो । खासै प्रगति हासिल गर्न सकेको अवस्था भएन । व्यावसायिक कफी खेती गर्दा ‘व्यवस्थापन’ नै ठूलो चुनौती लाग्यो । धेरै कुरा आफ्नो अधिनमा नहुने र अरूको भरपर्नुपर्ने हुन्छ । जस्तै, प्राविधिक, खेताला, सरकारी निकायको सहयोग, स्रोत, प्रकृति (समयमा घाम, पानी आदि), रोग (किरा) लाग्नु, समयमा परामर्श पाउन नसक्नु आदि । विभिन्न कारणले ठूलो क्षेत्र ओगटेर गरेको कफी खेती त्यति सफल हुन सकेको देखिँदैन ।
नेपाली कफी निर्यात गर्ने सम्भावनाको खोजीमा अमेरिका र युरोपका विभिन्न मुलुकमा पनि गइयो । नेपालबाट निर्यात गर्नु ठूलो चुनौतीको अनुभव भयो । अमेरिकाको भर्जिनिया स्टेटमा अवस्थित ‘सेरोमोनी कफी रोस्टर’मा हाम्रो कफी परीक्षण (टेस्ट) को मूल्याङ्कन गर्ने मौका पायौं । चारवटा नमुना सबै ‘स्पेसियालिटी कफी’ (प्राप्त पोइन्ट ८० देखि ८९ ) योग्य घोषित भयो । तर उनीहरूको मागअनुसारको संख्या र गुणस्तरको कफी दिने अवस्था देखिएन ।
नेपाली कफी निर्यात गर्ने सम्भावनाको खोजीमा अमेरिका र युरोपका विभिन्न मुलुकमा पनि गइयो । नेपालबाट निर्यात गर्नु ठूलो चुनौतीको अनुभव भयो । अमेरिकाको भर्जिनिया स्टेटमा अवस्थित ‘सेरोमोनी कफी रोस्टर’मा हाम्रो कफी परीक्षण (टेस्ट) को मूल्याङ्कन गर्ने मौका पायौं । चारवटा नमुना सबै ‘स्पेसियालिटी कफी’ (प्राप्त पोइन्ट ८० देखि ८९ ) योग्य घोषित भयो । तर उनीहरूको मागअनुसारको संख्या र गुणस्तरको कफी दिने अवस्था देखिएन ।
अर्को ठूलो चुनौती भनेको नेपाली कफी अरू मुलुक खासगरी दक्षिणी अमेरिका (ब्राजिल, कोलम्बिया) र भारतभन्दा धेरै महँगो पर्न गयो र खरिदकर्ताबाट कफी धेरै राम्रो भए पनि किन्न असमर्थता देखाए । युके र युरोपमा पनि त्यही कारणले गर्दा निर्यात सम्भव देखिएन ।धेरै कफी खेतीमा जाने इच्छा व्यक्त गरेको पनि सुन्छु । राम्रो व्यवसाय हो, यदि उल्लेखित चुनौतीहरूलाई क्रमिकरूपमा लड्न तयार हुने हो भने र आफैँ लाग्न सके यसको ठूलो सम्भावना छ । काठमाडौंको ताम्सीपाखामा सहरी ‘कफी बारी’ सञ्चालनमा छ । क्याफे (कफी सप) सञ्चालन गर्ने र नेपाली कफीको प्रयोग प्रवद्र्धन व्यापार गर्ने प्रक्रियामा छु । साँच्चै नेपाली कफीलाई माया गर्नेहरूसँग सहकार्य गर्न इच्छुक मात्र नभई हातेमालो गर्नुपर्ने देखेको छु र आह्वान गर्न पनि चाहन्छु । खबरदार ! बेलैमा सचेत नहुने हो भने नेपालमै नेपाली कफीको विदेशी सौताले डुबाउने पक्का छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #page4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया