Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजीवनको दान नै रक्तदान

जीवनको दान नै रक्तदान


काठमाडौं । गत जेठ ३१ गते नेपाललगायत विश्वभर रक्तदाता दिवस मनाइयो । यसर्थ विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि प्रत्येक वर्षको १४ जुनको तारिखमा यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । यो दिवस खासगरी मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्यान्डस्टिनरको जन्मदिन विश्व स्वास्थ्य संगठनको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । यसर्थ रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रमसहित रक्तदानको महत्वबारे जानकारी दिनेखालका ¥याली, कोणसभा, प्रभातफेरीलगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएको छ । यसमा सर्वसाधारण व्यक्तिलाई रगतको महत्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । यस अवसरमा रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँछ । जसको कारणले गर्दा रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदरस्वरूप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलनसमेत आयोजना गरिएको थियो । यसर्थ दान शब्द धेरै नै व्यापक रहेको छ । यसमध्ये रगतदान सबैभन्दा महत्वपूर्ण हुन आउँछ । यसरी दान गर्नका लागि यति धेरै पदार्थ र परिस्थिति हुन्छ भने कोही व्यक्तिले किन आफूलाई विपन्न र दान गर्न असक्षम बनाउनुपर्छ ? त्यसो त पूर्वीय दर्शनमा ऋषि दधिचिले लोककल्याणका लागि आफ्नो हाड दान दिएका घटनाले दानका बारेमा फराकिलो परिवेश तयार गरेकै थियो । यसरी देशमा विभिन्न सामाजिक संघसंस्थाको पहल, संस्थाका वार्षिकोत्सवजस्ता औपचारिक कार्यक्रममा रक्तदान गर्ने सामान्य प्रचलन स्थापित हुँदै आएको छ । फलतः देशको वास्तविकतालाई नियाल्ने हो भने रगतको समस्याबाट नियमित रगत चाहिने क्यान्सर, मिर्गौला, हेमोफिलिया रोगका बिरामीका अतिरिक्त दुर्घटना, प्रसूति, मुटु, आकस्मिक शल्यक्रियाका प्रभावीहरू पीडित हुन पुगेका छन् । भनिन्छ, रक्तदान नै जीवनदान हो । यसलाई नै मध्यनजर राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल रगतको अभाव भएकाले रक्तदाता र सामाजिक संघ संस्थालाई सुरक्षितरूपमा रक्तदान तथा संकलनका निम्ति आग्रह गरेको छ । मन्त्रालयले सुरक्षित तरिकाले रक्तदान तथा संकलनमा सहयोग गर्ने उल्लेख गर्दै इच्छुक व्यक्तिलाई सुरक्षित तरिकाले रक्तदानको वातावरण मिलाउन विशेष आग्रह गरेको छ ।

सामान्यतया रगत समूह दुई तरिकाले गनिन्छ । पहिलो ए, बी, ओ तथा एबी र दोस्रो पोजिटिभ र निगेटिभ । जसमा रेसस माकासस जातको बाँदरको रगतमा पाइने तत्व मानिसको रगतमा भएमा त्यस्तो रगतको समूहलाई आरएच पोजिटिभ, नभएमा आरएच निगेटिभ समूहको भनिन्छ । त्यसपछि रगतमा पाइने एन्टिजेनको उपलब्धताका आधारमा अन्य समूहमा विभाजन गर्ने गरिएको छ । कुनै प्रकारको एन्टिजेन नभएमा ओ, एन्टिजेनअनुसार ए, बी र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ । नेपालीमध्ये ३५ देखि ४० प्रतिशत ए पोजिटिभ, २९ प्रतिशत ओ पोजिटिभ, २७ प्रतिशत बी पोजिटिभ र १० देखि १२ प्रतिशत एबी पोजिटिभ रगत समूहका छन् । मूलतः रक्तसञ्चारको तथ्याङ्कअनुसार ९९ दशमलव चार प्रतिशत नेपाली पोजिटिभ समूहको छ भने शून्य दशमलव छ प्रतिशतको निगेटिभ रगत समूह छ । अर्थात् नेपालमा २०० जना व्यक्तिमा एकजनाको रगत समूह निगेटिभ छ । त्यसैले आरएच निगेटिभ समूह विरल छ भन्दा हुन्छ । नेपालमा कमै संख्यामा पाइने भएकाले १५ वर्षअगाडि दुर्लभ रक्तदाता समूह भनेर एक संस्था खोलिएकोमा यसबाट उक्त रगत समूह भएकामा नकारात्मक धारणा पैदा भएका कारण अहिले फ्रेन्ड्स अफ आरएच निगेटिभ ब्लड गुप्र भनी नामाकरण गरिएको छ ।

कुनै पनि रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्छ भने रक्तदाताको तौल ४५ किलोग्राममाथिको हुनुपर्छ । यसमा भने रक्तदाता मलेरिया (औलो), कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन । यसमा खासगरी रक्तदान गर्दा रक्सी वा अन्य कुनै लागुपदार्थ सेवन गरेको हुनुहुँदैन । त्यसैगरी रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ । यसमा गर्भवती, स्तनपान गराइरहेकी (सुत्केरीको ६ महिनासम्म), महिनावारी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन । जसमा भन्ने हो भने रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । जसले रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन । मूलतः रक्तदान एकपटकमा आधा लिटर होइन, केबल ३५० मिलिलिटरमात्र निकाल्ने गरिन्छ । जुन कुल तौलको २० औँ भागमात्र हो । जुन रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरले तरल भागले भए पनि परिपूर्ति गर्छ । यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ । जसले रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ । त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस ख्वाउने चलन राम्रो पनि हो । अतः मानव शरीरमा रगतको माध्यमले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, एन्टिबडी (रोगसँग लड्ने तत्व)एकातिर छन् । त्यसरी अर्कोतिर हेर्ने हो भने त्यसैगरी कार्बनडाइअक्साइड, युरियाजस्ता विकार तत्वको ओसारपसार हुन्छ । जुन रगतमा तीन प्रकारका कोष हुन्छन्– रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स छन् । यी प्रत्येक कोषको काम फरक छ । जसमा रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न तथा प्लेटलेट्सले रगत जम्ने कार्यमा मद्दत गर्छ । जसमा शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ । जुन रगतको ६० प्रतिशत भाग झोल (प्लाज्मा) हुन्छ । प्लाज्माको ९० प्रतिशत भाग पानी र १० प्रतिशत भाग पोषकतत्व हुन्छ । यसरी रगतको बाँकी ४० प्रतिशत भने ठोस पदार्थ (जसमा रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स) हुन्छ ।

समग्रमा भन्नुपर्दा दान नगरे पनि केही मात्रामा पुरानो रगत शरीरबाट क्रमशः आफैँ नष्ट हुँदै जाने भएकाले खेर जाने रगतबाट अर्को व्यक्ति बचाउन सकिने पुण्यकार्य किन नगर्ने भनेर मूलतः युवालाई प्रेरित गर्नुपर्छ । फलतः अंग्रेजीमा एउटा रमाइलो भनाइ छ, ‘तपाइँको रगत पहिला लामखुट्टेलाई चुस्न नदिनुहोस् । जसमा आफैँ नष्ट भएर जाने वा लामखुट्टेले खाने रगत दान गरेर हरेक व्यक्ति किन आधुनिक दधिचि नहुने ? युवाबीच आजै यस्ता विषयमा बहस हुनुपर्छ । अभिभावकको अनुमतिमा १६ अन्यथा सामान्यतया १८ वर्ष पुगेका, स्वस्थ व्यक्तिले रगत दान गर्न सक्छन् । जुन रक्तदानले एकतिर बिरामी बचाउन सकिन्छ भने अर्कोतिर रक्तदाताले अनावश्यक शारीरिक वजन घटाउने, मुटु, कलेजो स्वस्थ राख्न, क्यान्सरको जोखिम कम गर्न सक्छन् । यसर्थ दुर्घटना वा शल्यक्रियालगायतका समयमा रक्तदान आवश्यक पर्दछ । यसमा स्मरण गरौँ कि आजको विश्वमा हामीहरूमध्ये कोही पनि सुरक्षित छैनौँ, हामीहरू सबैजना दुर्घटना वा रोगको शिकार हुनसक्छौँ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्न सक्छ । त्यसकारण यो रक्तदानलाई सर्सर्ती हेर्ने हो भने अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनुभन्दा गर्वको कुरा के हुन सक्छ र ?


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया