बीमा प्राधिकरण त्यसको नेतृत्व बिमक कम्पनीको लागि दुष्मन जस्तो बनेको छ
काठमाडौं । बीमा व्यवसायको लागि नियमक निकाय बीमा प्राधिकरण अभिभावक हो, दुष्मन होइन । कुनै पनि अभिभावकको दायित्व भनेको आफ्नो मातहतमा रहेको कम्पनी, संस्थाको आवश्यक संरक्षण गर्ने र परेको बेला दण्ड दिने हो । तर यहाँ आजभोलि बीमा प्राधिकरण त्यसको नेतृत्व बिमक कम्पनीको लागि दुष्मन जस्तो बनेको छ । तत्कालीन बीमा ऐन २०४९ र तत्कालीन बीमा समितिले ऐनबाट दिएको अख्तियारी र कानुनको प्रयोग फेरिँदैपिच्छे कानुनको फरकफरक अर्थ, फरकफरक व्याख्या र फरकफरक प्रयोग गर्दै आएको थियो । यसो गर्दा बीमा कम्पनी, सञ्चालक, पदाधिकारीहरूलाई अनावश्यक हैरानी तुल्याउने अनावश्यक तनावमा राख्ने काम बीमा समितिले गर्दै आएको थियो । तर हाल तत्कालीन बीमा ऐन २०४९ लाई प्रतिस्थापन गरी नयाँ बीमा प्राधिकरण ऐन २०७९ जारी भएपश्चात् त्यसको नेतृत्वले अर्थात् अहिलेको बीमा प्राधिकरणको नेतृत्वले जुन किसिमले बीमा व्यवसाय क्षेत्रमा परिवर्तनको व्यापक आशा र भरोसा थियो । हाल अपेक्षाको ठीक विपरीत काम भइरहेको छ । बीमा प्राधिकरणको नेतृत्वले जुन किसिमले बीमा व्यवसाय क्षेत्रमा धाक, धम्की, अनावश्यक हैरानी तुल्याउने, अनावश्यक तनाव र त्रासको वातावरणलाई निरन्तरता दिएको छ त्यसले समग्र बीमा क्षेत्र बीमा व्यवसाय उन्नतिभन्दा अधोगतितिर थेचारिँदै लगेको कुरा समग्र सरोकारवालाको बुझाइ छ ।
हुन त बीमा नियामकको नेतृत्व मात्र गलत र गैरकानुनी बाटोमा हिँडेको होइन, बीमा कम्पनी हाक्ने, बीमामा म नै सुपेरियर हुँ, मै हुँ भनाउँदा बिमक कम्पनीहरूले बीमा व्यापार वृद्धि देखाउने अर्थात् व्यवस्थापनको नेतृत्वले सञ्चालक समिति समक्ष म व्यवसाय यति बढाउँछु र यति पु-याउछु भनी योजना पेस गर्ने गरेको पाइन्छ । कम्पनीबाट कम्पनीलाई भार पार्ने गरी अनावश्यक सेवा सुविधा र तलबभत्ता लिने तर व्यापार व्यवसायमा वृद्धि देखाए पनि बिमितबाट प्राप्त हुने प्रिमियम रकम अन्डरटेबल बिमितलाई नै फिर्ता गर्ने केबल व्यापार र आयमा वृद्धि देखाउने र विभिन्न शीर्षक खर्चमा देखाएर बिमितलाई नै फिर्ता दिने, त्यति मात्र नभएर कम्पनीको व्यवसायमा वृद्धि देखाउन केही समयको लागि बीमालेख जारी गर्ने र सो बीमालेख केही समयपश्चात् कम्पनीको वित्तीय विवरणमा देखिएपश्चात् उक्त बीमालेख रद्द गर्नेजस्ता गैरकानुनी काम गर्ने गरेको प्रशस्त पाइन्छ । यस्ता गैरकानुनी कार्यलाई निरुत्साहित गर्नुपर्नेमा त्यसमा अझ नियमकहरूको पदाधिकारीलाई समेत अनेक लोभ, लालच र प्रलोभनमा फसाएर वा देखाएर आफ्नो स्वार्थ अनुकूल राख्ने कामसमेत गर्ने केही बिमक कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरू हुन् ।
अझ भन्नुपर्दा एकदुई कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरू यस्ता पनि छन्, जोचाँहि एउटा बिमित समूह अर्कोबाट सापटी व्यापार देखाउने अर्थात् आफू अनुकूल राख्ने आफू कथम् कदाचित कम्पनी छोड्नुपर्दा अर्काे कम्पनीमा जाँदासँगै लैजाने अनैतिक, गैरकानुनी चरित्रका पनि छन् । तर अहिलेको बीमा प्राविधिकको नेतृत्व वा पदाधिकारीलाई त्यस्ता व्यक्तिको विभिन्न किसिमले विभिन्न वस्तुको मोहमा पार्ने र आफ्नो अनुकूल राख्ने अर्थात् विभिन्न लोभ लालचमा उच्च पदस्थ पदाधिकारीहरूलाई फसाएर आफ्नो अनुकूल आफ्नो मनलाग्दी गर्ने त्यस्तो मानसिकताले चलेका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरू वा पदाधिकारी पनि छन् । जोचाँहि बीमा व्यवसायका दृष्टिकोणले पनि गर्न नहुने मानिन्छ । वास्तवमा भन्नुपर्दा नियामक निकायको नेतृत्व स्वभाव वा व्यवहारले मिडियामा गरिने वक्तव्यबाजीले कडा देखिने र आफ्नो अभिष्ट पूरा नगर्ने खालका बिमक र बिमक पदाधिकारीलाई विभिन्न किसिमले अप्ठ्यारोमा पार्ने, तनाब दिनेजस्ता गैरकानुनी उदण्ड कामहरू गर्ने गरेका छन् । जसले आफ्नो अभिष्ट पूरा गर्छ, त्यस्ताबाट आफ्नो स्वार्थपरक वस्तुहरू लिने ग्रहण गर्ने र उनीहरूको अनुकूल काम कारबाही गर्ने अर्थात् उनीहरूकै सल्लाहअनुसार बीमा प्राधिकरण नीति निर्देशन तय गर्ने, त्यस्ता नीति निर्देशन सर्कुलर गर्ने यस्ता काम कारबाही गर्नुहँुदैन । ती काम कारबाहीहरू अहिलेको नेतृत्व वा पदाधिकारीबाट भएको छ भनिन्छ, तर त्यस्तो कदापी गर्नुहुँदैन । यस्तो क्रियाकलापले समग्र बीमा व्यवसायलाई नै अधोगति तिर लैजान्छ । जोचाहिँ राज्यले परिकल्पना गरेको आम नागरिकको लागि बीमा, आम व्यापारिकाका लागि बीमा, सबैको पहुँचमा बीमा नभएर यसको नकारात्मक असर पर्ने र समग्र बीमा व्यवसाय संकटोन्मुख हुने र राज्यले तय गरेको नीति र मर्म विफल हुन जाने कुरालाई नकार्न सकिँदैन ।
साथै, हालको बीमा प्राधिकरणको नेतृत्व निकै आलोच्य रहेको छ । बीमा प्राधिकरणको तालुक मन्त्रालयका विभागीय प्रमुख अर्थमन्त्रीले बीमा प्राधिकरणका काम, कारबाहीका सम्बन्धमा बीमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा सार्वजनिकरूपमा नै प्रश्न उठाइसकेपछि त्यसरी सम्बन्धित मन्त्रीले व्यक्त गरेका आधिकारिक सार्वजनिक भइसकेपछि बीमा प्राधिकरणको नेतृत्वले या त त्यसको उपयुक्त उपचार प्रस्तुत वा खण्डन गर्न सक्नुपर्थ्यो होइन भने नैतिकताको आधारमा पनि पदबाट राजीनामा दिन सक्नुपर्थ्यो । हुन त हाम्रोजस्तो मुलुकमा पदमा आलिसान रहुन्जेल नैतिकताको अर्थ नै भुल्ने गरेको पाइन्छ । जेजस्तो भए पनि जे जुन कुरामा प्रश्न उठ्यो त्यो कुरा यथावत् रहने उही व्यक्ति पदमा बसीरहँदा यसले पनि काहीँकतै बीमा व्यवसायमा असर पार्ने निश्चित देखिन्छ ।
बिमित, बिमक कम्पनी, बीमा कम्पनीका सञ्चालकहरू, पदाधिकारीहरू त अहिलेको बीमा प्राधिकरणको नेतृत्वसँग रुष्ट नै छन् । तर नियामक निकायका नेतृत्व भएको कारण खुल्न, बोल्न र आलोचना गर्न सक्दैनन् । यसका अतिरिक्त आमनागरिक पनि यस्तो अवस्थामा यस बीमा प्राधिकरणको नेतृत्व किन पदमा बसिरहेको होला ? कुन नैतिकताले बसिरहेको होला ? उक्त पदमा बसिरहन कसले बाध्य परिरहेको होला ? कुन बाह्य वा अदृश्य शक्तिले टिकाइरहेको छ ? यो आम बीमा क्षेत्रको नागरिकको चासो, जिज्ञासा र अनुत्तरित प्रश्न बनेको छ ।
बीमा व्यवसायमा शुद्धीकरण गर्न आवश्यक छ । अनैतिक, गैरकानुनी कामकारबाही रोक्न जरुरी छ । बीमामा सबैलाई पहुँच पु-याउन आवश्यक छ । बीमा व्यवसाय बिस्तार गर्न, आमनागरिकको घरघरमा पु-याउन, चाहे त्यो स्वास्थ्य बीमा होस् या कृषि बीमा होस्, पशु बीमा होस् या शिक्षा बीमा होस्, घर निर्माण बीमा होस्, फलफूल नगदेबाली बीमा होस्, पोल्ट्री फार्म बीमा होस् या कुनै पनि दृष्टिकोणले कुनै पनि विषयवस्तुको बीमा हरेक नेपालीको घरघरमा पुग्न पु-याउन आवश्यक छ । त्यसका लागि बीमा प्राधिकरण समन्वयकर्ताको भूमिकामा रहने आवश्यक सहयोगको लागि राज्य सरकारका निकाय अर्थात् संघीय सरकारका निकाय, प्रदेश सरकार, स्थानीय सरकार, सबै तहसँगको सहयोग र समन्वयमा बीमा प्राधिकरणले आफूद्वारा इजाजत प्रदान गरिएका बिमक कम्पनीहरूलाई बीमा गर्न लगाउने, बीमा गर्नको लागि आफू नागरिकको घरदैलोसम्म पुग्न लगाउने र आम नागरिकको आवश्यकताअनुसारको उद्योग, व्यवसायको बीमा गराउने र प्रिमियम तिर्न नसक्ने परिवारको हकमा स्थानीय सरकार वा पालिकाहरूबाट प्रिमियम व्यवस्थापन गर्न र बीमा गराउन व्यवस्था मिलाउने बीमासम्बन्धी साक्षरता कार्यक्रम जागृत गराउने यी कुराहरू गर्न आवश्यक छ । त्यतातर्फ कुनै क्रियाकलाप नगर्नु, अगाडि नबढ्नु केबल आफ्नो स्वार्थको लागि तर्साउनु र आफ्नो स्वार्थ पूरा गर्नुजस्ता काम अहिलेको बीमा प्राधिकरणको नेतृत्वबाट भएको छ भन्ने तथ्य विभागीय मन्त्रीले सम्बन्धित कार्यक्रम अर्थात् बीमा प्राधिकरणको सार्वजानिक कार्यक्रमस्थलमै आफ्नो आक्रोश व्यक्त गरेको भन्ने त्यसमा संलग्न सबैको बुझाइ रहेको पाइयो । आफूलाई सच्याउने सुर्धान र आउने दिनमा बीमाको क्षेत्रमा आवश्यक र उपर्युक्त मार्ग तय गर्न र अगाडि बढ्ने काम बीमा प्राधिकरणको नेतृत्व गरोस् भन्ने आम नागरिकको चासो छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया