रोग लुकाएर लुक्दैन महोदय !
काठमाडौं । नेपाली समाजमा एउटा भनाइ चल्दै आएको छ, दुःख लुकाएर लुक्छ, रोग लुकाएर लुक्दैन । यो भनाइ सयौं वर्षदेखि सामाजिकरूपमा खारिएर स्थापित भएको हो, कसैको लहडमा यो भनाइ जनजिब्रोले टिपेको होइन । बरु यो व्यवहार खारिँदै खारिँदै समाजमा स्थापित भएको हो ।
रोग लुकाएर लुक्दैन तर अहिले यही नेपाली समाजमा रोग लुकाउने फेसन नै बनेको छ । सानाठूला यो कसैले रोग खुलस्त पार्ने गरेका छैनन् । यहाँसम्म कि चिकित्सकलाई समेत रोग ढाँट्नेको यहाँ कमी छैन । रोग खुलस्त पार्दा आफू सानो भइने भ्रम व्याप्त छ । सकभर कोही पनि आफूलाई लागेको रोग खुलस्त पार्न चाहँदैनन् । रोग खुलस्त पार्दाभन्दा लुकाउँदा आफू सुरक्षित हुने यहाँ भ्रम छ ।
सामान्य मानिसलाई रोगको बारेमा ठोस जानकारी हुँदैन । त्यसको बेलैमा ठोस जानकारी हुँदैन, त्यसको बेलैमा उपचार नहुँदा कस्तो असर गर्छ भन्ने पनि उपचार नहुँदा कस्तो असर गर्दछ भन्ने पनि ज्ञान हुँदैन । त्यसकारण त्यस्ता मानिसले अनजानमै रोगको गम्भीर पक्षलाई ख्यालख्यालमै लिइरहेका हुन्छन् । अन्जानमै रोग लुकाइरहेका हुन्छन् । जतिबेला रोगले चाप्छ अनि मात्र उनीहरूलाई रोग लागेको थाहा पाउँछन् । त्यतिबेला उपचार गर्ने समय निकै ढिला भइसकेको हुन्छ । गरिब हुनु, पैसा नभएर बेलैमा उपचार गर्न नसक्नु यहाँको महारोग नै हो । तर रोग लागेको कुरो नै लुकाउनु अर्को महारोग हो ।
रोग लागेको थाहै नपाउनु, थाहा पाएर पनि उपचार गर्ने सामथ्र्य नराख्नु, रोग उपचार गर्ने सामथ्र्य नराख्नु, अनि रोग लागे पनि त्यसलाई लुकाएर उपचार नगर्नु त यहाँ छँदैछ । योभन्दा पनि रोग लागेको उपचार गर्ने सामथ्र्य राख्ने वर्गले पनि सामाजिक मान प्रतिष्ठामा कमी आउने डरले रोग लुकाउने गर्दै आएका छन् । यो झन ठूलो सामाजिक महारोग बनेको छ ।
राजा वीरेन्द्रले हाफ बाहुले सर्ट लगाएको फोटो पाउन मुस्किल छ । किनकि उनले हाफ बाहुले सर्ट, टिसर्ट लगाएर फोटो खिच्दै खिचेनन् वा खिचे पनि त्यसलाई सार्वजनिक गरेनन् । उनको पाखुरामा दुबी जस्तो सेतासेता छिर्का थिए अरे । त्यसको उपचारमा संलग्न एक चिकित्सकका अनुसार गुपचापमै त्यसको उपचार गर्न खोजियो तर निको भएन । उपचारअघि तत्कालीन युवराज वीरेन्द्रले विवाहपूर्व त्यसलाई आफैँमा सीमित राखे लुकाए, बिहेको कुरोकानी चल्दा पनि त्यसलाई लुकाए । बिहेपछि महारानी ऐश्वर्यले थाहा पाइन् । दुई जनाको सल्लाहमा गुपचुपमै उपचार सुरु गरे । त्यसो गर्दा पनि निको भएन, अनि महारानीले राजालाई हेय भावले हेर्न थालिन् । त्यसैले बढाएको वितृष्णा र ईष्र्याले भित्रभित्रै कलहको रूप लिँदै ग¥यो र अन्त्यमा वंशनाशको आकार ग्रहण ग¥यो । देख्दा पाखुराको सेतो छिर्का केही थिएन, त्यो एउटा रोग थियो, रोग लुकाउन सिंगो दरबार लाग्दा पनि लुकाउन सकेनन् । अर्कै रूप लिएर विस्फोट भयो । यद्यपि वीरेन्द्रलाई लागेको त्यो रोग ज्यानै लिने रोग थिएन । रानीलाई सर्ने रोग अर्थात् सरुवा रोग पनि थिएन । त्यसलाई त्यतिकै सामान्यरूपमा लिएको भए पनि केही बिग्रने थिएन । तर रोग लुकेन, लुकाउन सकेनन्, आफैँ रूप फेरेर सार्वजनिक भयो, विस्फोट भयो ।
हाम्रो समाजमा सकुन्जेल रोग लुकाउने प्रवृत्ति बढ्दै गएको छ । गरिब, उपचार गर्न नसक्ने दूरदराजका मानिसको उपचार गर्ने ठाउँसम्म पहुँच नै हुँदैन, त्यही कारण उनीहरूलाई के रोग लागेको छ, थाहै हुँदैन । किनकि उनीहरूको स्वास्थ्य परीक्षण नै भएको हुँदैन । त्यस्ता गरिबहरू सन्तुलित खानाखान नपाएर रोगको सिकार भइरहेका हुन्छन् । उनीहरूले मौका पाए परीक्षण गर्छन् तर मौका नै पाउँदैनन् । छिर्का केही थिएन, त्यो एउटा रोग थियो, रोग लुकाउन सिंगो दरबार लाग्दा पनि लुकाउन सकेनन्, अकै रूप लिएर विस्फोट भयो । यद्यपि वीरेन्द्रलाई लागेको त्यो रोग ज्यानै लिने रोग थिएन । रानीलाई सर्ने रोग अर्थात् सरुवा रोग पनि थिएन । त्यसलाई त्यतिकै सामान्यरूपमा लिएको भए पनि केही बिग्रने थिएन । तर रोग लुकेन, लुकाउन सकेनन्, आफैं रूप फेरेर सार्वजनिक भयो, विस्फोट भयो ।
हाम्रो समाजमा सकुन्जेल रोग लुकाउने प्रवृत्ति बढ्दै गएको छ । गरिब उपचार गर्न नसक्ने दूरदराजका मानिसको उपचार गर्ने ठाउँसम्म पहुँच नै हुँदैन । त्यही कारण उनीहरूलाई के रोग लागेको छ, थाहै हुँदैन । किनकि उनीहरूको स्वास्थ्य परीक्षण नै भएको हुँदैन । त्यस्ता गरिबहरू सन्तुलित खाना खान नपाएर रोगको सिकार भइरहेका हुन्छन् । उनीहरूले मौका पाए परीक्षण गर्छन् तर मौका नै पाउँदैनन् । जसले स्वास्थ्य परीक्षणको लागि सहज पहुँच राख्छन् । सबै सुविधा सम्पन्न छन्, धनीमानी छन्, त्यस्ता व्यक्ति सहरमा बस्छन्, उनीहरू धेरै खाएर रोगी बनेका हुन्छन् । समाजमा त्यस्ता व्यक्तिहरूकै स्वाद चल्ने गर्दछ । मानौं इज्जत उनीहरूको जस्तो चल्ने गर्दछ । मानौं इज्जत उनीहरूको जस्तो अरूको हुँदैन । त्यस्ता व्यक्तिहरू पनि विभिन्न पेसा व्यवसायमा जोडिएका हुन्छन् । जो जहाँ जोडिएको भए पनि समाजमा उनीहरूकै बोलवाला चल्ने गर्दछ । त्यस्ता ठूलाबडा पनि पुर्ख्यौली खानदानी र भुइँफुट्टा लफरफट्टु गरी दुईथरिका हुन्छन् । पुर्ख्यौली खानदानी परिवारमा जोडिएको भन्दा सहर पसेर धनी बनेका, हैसियत नै नभए पनि काकताली परेर उच्च पद र ओहोदामा पुगेका लफर फट्टुहरूले बढी नखरा पार्ने गर्छन् । समाजमा उनीहरूभन्दा ठूलो, मान्यगुण्य र प्रतिष्ठित अरू कोही छैन । अरू केही होइनन्, उनीहरूनै सर्वेसर्वा हुन् जस्तो गर्छन् । छोटो समयमा हैसियतविना नै ठूलो ओहोदामा पुगेका व्यक्तिजस्तालाई तालिम दिएर संस्कार सिकाइएको हुन्छ । खासगरी त्यस्ता व्यक्तिलाई आफ्नो विगत लुकाउनु पर्ने बाध्यता हुन्छ र उनीहरूले विगत लुकाउँदै जाँदा रोग पनि लुकाउँछन् । पहिलेदेखिकै हुनेखाने अर्थात् खान्दानी भएको स्वाङ पार्न उनीहरूले सकेसम्म लुकाउँछन् । डोकोले बिरालो छोपेजस्तो गरे पनि त्यो छोपिएको हुँदैन, देख्नेले देखेकै हुन्छन् । अरूले देखेका छन्, थाहा पाएका छन् भन्ने पनि पलाउँदैन । त्यस्ता भुइँफुट्टाहरूमा सत्ता, शक्ति र स्वार्थले उनीहरू अन्धो बनेका हुन्छन् । त्यस्तो अवस्था अहिले हाम्रै समाजमा जतात्यतै देख्न पाइन्छ । सत्तामा नपुग्दा यतैकतै गल्लीका क्लिनिकहरूमा उपचार गर्नेहरू सत्ता र शक्तिमा पुगेपछि त्यसको दुरूपयोग गरेर जनतालाई के भएको हो भन्ने जानकारी समेत नदिई रातारात विदेश गएर राष्ट्रको ढुकुटीबाट खर्च गरेर उपचार गर्छन् र फर्किन्छन् । तर पनि रोग के लागेको हो भन्नेचाहिँ जनतालाई जानकारी दिँदैनन् । जतिको कोसिस गरे पनि रोग लुक्दैन । रूप फेरीफेरी रोग बाहिरिन्छ । अनि नक्कली इज्जत, नक्कली प्रतिष्ठा उदाङ्गिदै जान्छ । सबैले थाहा पाउँछन्, अलिअलि भएको मानप्रतिष्ठा पनि घट्दै जान्छ, जतिबेला चेत खुल्ला, त्यतिबेला समय घर्किसकेको हुनेछ । यहाँ यस्तै हुँदै आएको छ । विगतले त्यस्तो धेरै उदाहरण दिएका छन् । उमेरजन्य कारणले पनि स्वास्थ्यमा समस्या थपिँदै जाने गर्दा रहेछन् । एउटा रोगको लुकाएर उपचार ग-यो, सबैलाई ढाँट्यो, अर्को रोग देखापर्छ । त्यसलाई ढाकछोप गर्ने कोसिस ग-यो अर्को रोग देखिन्छ । त्योभन्दा झन् कडा, अनि कतिपटक ढाकछोप गर्नु, कतिलाई ढाँट्नु ? एउटा रोगको बारेमा ढाँट्यो, त्यसलाई ढाकछोप ग-यो अर्को देखिन्छ । त्यसैगरी यो क्रम बढ्दै जान्छ र लाज लुकाउन फरियाले अनुहार छोपेजस्तो हुन्छ । यो कसैप्रति लक्षित गरिएको होइन, त्यो भ्रम नहोस् । तर त्यसरी रोग लुकाउनेहरूले बुझ्नुपर्ने हो कि रोग लुकाएर लुक्दैन, दुःख लुकाए लुक्छ तर रोग लुकाएर लुक्दैन महोदय ! त्यो जसरी पनि देखिन्छ । बाँचे पनि देखिन्छ, मरे पनि देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया