Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअसहमतगृहमन्त्री लामिछानेको पाप पखाल्न मिसन चौरासी !

गृहमन्त्री लामिछानेको पाप पखाल्न मिसन चौरासी !


काडमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले मिसन ८४ मा छन् । त्यो मिसन ८४ भनिएको अरूका लागि २०८४ सालको आमनिर्वाचन जित्ने मिसन हुन सक्छ । तर रविका लागि भनिएको मिसन चौरासी अहिले नै चलिरहेको छ । जीवनमा चौरासी वर्षको उमेर लागेपछि शुक्ल पक्ष पारेर चौरासी कर्म गर्ने गरिन्छ । जीवनभर जानअञ्जानमा गरिएका पाप कर्मको प्रायश्चित गरेर मुक्तिको हार खोल्नका लागि गरिने आस्थाको कर्म हो, चौरासी । अहिले भर्खर ४७ वर्ष लागेका गृहमन्त्री लामिछानेको उमेरका हिसाबले चौरासी गर्ने समय भएको पनि होइन, उनको उमेर पुग्न अझै ३७ वर्ष कुर्नुपर्छ । अहिले सुरु भएको उनको मिसन ८४ शुक्ल पक्ष पारेर सुरु गरिएको पनि होइन र उनको जीवनमा शुक्ल पक्ष पनि देखिँदैन । उनको जीवन पूरै कृष्ण पक्षले ढाकिएको देखिन्छ । उनको विगतका कर्म कुकर्मले उनको जीवन कृष्ण पक्षमा धकेलिएको हुनुपर्छ ।

उनलाई थाहा छ कि उनी अहिले आफ्नो चौरासीमा छन् । तर अरूलेचाहिँ मिसन ८४ भनेको २०८४ सालको आम निर्वाचनलाई लिने गरेका छन् । २०७९को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर संसद्मा २१ सिट हात पारेको उक्त पार्टीको सैद्धान्तिक धरातल स्पष्ट छैन । जहाँ पुग्दा जे मुखमा आयो त्यही बोलिन्छ र त्यही सिद्धान्त हुन्छ । तर सैद्धान्तिक स्पष्टता देखिँदैन । सरसर्ती हेर्दा छाडावाद देखिन्छ । जसले जे गरे पनि हुने आफ्नो मानिस परे, जे गरे पनि छुट पाउने त्यसको सिद्धान्त हो । जता भत्कियो, त्यतै दैलो भने पनि भयो । ताकपरे तिवारी, नत्र गोतामे भने पनि भयो । आलुजस्तो जता मिसाए पनि हुने विरक्तिएको जमातले यसअघि कमल थापाको गाई चराएजस्तै अहिले रविको घण्टा बजाएका होलान् र त्यसैबाट उत्साहित हुनेहरूले मिसन ८४ जपेका पनि होलान् । तर स्वयं रविचाहिँ वर्तमानमा नै आफ्नो ८४ आफैँ गर्ने जमर्को गरिरहेका छन् । उनले जीवनमा गर्न सकिने जति कुकर्म गरिसकेका छन् र अहिले त्यसलाई ढकछोप गर्ने र पखाल्ने प्रयासमा छन् । उनले चार वटा बिहे गरे, एकैसाथ दुई देशका नागरिकता लिए, दुई देशको पासपोर्ट बोकेर हिँडे । त्यो कुरा बाहिर आएपछि सञ्चारकर्मलाई सदुपयोग गर्न खोज्ने सञ्चारकर्मलाई संगठितरूपमा सदुपयोग गर्न खोजे तर त्यही सुरुवाती टिमसहित उनी सहकारी घोटालामा छिरे ९२ करोड घोटाला गरे जीबी राईसँग मिलेर ग्लालेक्सी फोरके खोले यहीबीचमा पुडासैनी आत्महत्या, डाइभर आत्महत्या तथा चलचित्र विकास कम्पनीको जग्गा लिज प्रकरण पनि उनीसँग जोडिएका छन् ।

आकाश पाताल जहाँ भए पनि सात दिनमा जीबी राईलाई पक्रेर ल्याउने उनको आश्वासन, निर्मला पन्तको हत्यारा पत्ता लगाइछाड्ने हावादारी आश्वासन दिए पनि भ्रष्ट्राचार गर्ने जोकसैलाई नछाड्ने पाता कसेर पछार्ने भने पनि उनको सम्पूर्ण प्रयासचाहिँ आफ्नो विगतका गल्ती कमजोरी डाकछोप गर्न र पाप पखाल्नमै केन्द्रित छ । त्यसका लागि उनले सिंगो राज्य सत्ताको दुरुपयोग गरेका छन् । सत्तारुढ गठबन्धन अहिले उनलाई चोख्याउन मरिमेटेर लागेको छ । प्रधानमन्त्री प्रचण्ड सत्ता जोगाउने नाममा उनलाई सुनपानी छर्किरहेका छन् । सत्तारुढ नाइके दल एमाले अध्यक्ष केपी ओलीले त पूरै काँध हालेका छन् । रविलाई भरुवा बन्दुकजस्तो बनाएका छन् । सत्तारुढमध्येकै उपेन्द्र यादव आफैँ शिकार भएका छन् । माधव नेपाल भयभीत अवस्थामा छन् । सरकारमा बसेर उनी आफ्नो चौरासी आफैँ गरिरहेका छन्, विगतका बदमासीलाई पखाल्ने प्रयास गरिहेका छन् । उनीसँग जोडिएका हरेक काण्डको प्रहरी प्रशासन लगाएर निदोर्षिता प्रमाणीकरण गरिएको छ । पछिल्लो समय हाम्रो प्रहरी प्रशासनको व्यावसायिक मर्यादा खस्किँदै गएको छ । सत्ताको निर्देशनमा प्रतिवेदन बनाएर दोषीको अपराध लुकाउने जघन्य अपराध प्रहरी प्रशासनले गर्दै आएको छ । सत्ताले प्रहरी प्रशासनलाई गिलगिल्याएर हिलथिलो पारेपछि प्रहरी प्रशासन पेसागत धर्मबाट विचलित भएर त्यसरी गोटी बन्न पुगेको हो ।

अहिलेको यो पेण्डुलम प्रहरी सत्तााले जता हल्यायो मन्दिरको घण्टीजस्तै उतै हल्लिन्छ र अपराध गर्नेचाहि असनको साँढेजस्तै डुग्रिँदै हिँड्छ । अहिले गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी छानबिनको प्रतिवेदनको कुनै अर्थ रहँदैन, यो गृह मन्त्रालय निर्देशित छानबिन र प्रतिवेदन जनताको आँखामा हालिने छारो मात्र हो । उनले यही गर्न गृह मन्त्रालय रोजेका हुन् । यही मौकामा उनी आफूले जीवनभर गरेका कुकर्म र उनको परिवारले गरेको अनियमितता मेटाउन उद्यत छन् । आफ्नो चौरासी अभियानमा उनले सञ्चारकर्मको टिमलाई सिधै गृह मन्त्रालय छिराएका छन् । उनी गृहमन्त्री भएपछि सञ्चारकर्मीका नाताले बधाई ज्ञापन गर्न मिडिया सञ्चालकहरूको समूहले पटक–पटक उनको सचिवालयसँग समय मागेको थियो तर उनको सचिवालयले यताउता पन्छाइ मात्र रहयो, समय दिएन । उनलाई बधाई दिन नपाएकोमा अब पछुताउन छाडिसकेको छ । तर उनी किन पत्रकारहरुसँग तर्किए ? किन उनी पत्रकारसँग नजिक पर्न चाहँदैनन् ? उनी किन सञ्चारमाध्यमलाई गृह मन्त्रालयको निगरानीमा राख्न चाहन्छन् ? किन उनको प्रहरी प्रशासन पत्रकारहरूको सुरक्षाप्रति संवेदनशील देखिँदैन ? प्रहरीको त्यही लापरबाहीका कारण जनकपुरमा एक जना पत्रकारको धम्कीपछि रहस्यमयी हत्या भएको छ । काठमाडौंमै प्रहरी र गुण्डा मिलेर संयुक्तरूपमा धम्क्याइएको छ । गृहमन्त्री लामिछाने यस्ता कुरा सुन्न पनि चाहँदैनन्, किनकी उनी आफ्नो चौरासी कर्ममा छन्, आफ्नो कुकृत्य र कृकर्मको धोइपखालीमा छन् । उनीसँग अरूकोजस्तो मिसन २०८४ सम्म पर्खिने समय छैन । किनकि उनको अहिले नै चौरासी चालू छ । तर यो चौरासी सबैका लागि फलिफाप हुन्छ भन्ने छैन । कसैकसैका लागि प्रत्युत्पादक पनि हुन सक्छ भन्ने मान्यता छ । गृहमन्त्री लामिछानेको हकमा पनि फलिफाफ हुने संकेत देखिएन । गत चैत ६ गते प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेको अपराध छोप्न जस्तो जवाफ दिएका थिए ।

महान्यायाधिवक्ताको कार्यालयका सहायक महान्यायाधिवक्ता अनुकुल बारकोटीले ठ्याक्कै उही शैलीमा निर्दोषिता प्रमाणीकरण गरेका छन् । विनाप्रसंग महान्यायाधिवक्ताले दिन लगाएको निदोर्षिताको प्रमाणपत्र अर्को पदमा नियुक्तिका लागि हालिएको बिन्तिपत्र हो भन्दा अन्याथा नहोला । तर सबै प्रयास अहिले नै निरर्थक हुँदै गएका छन् । पाप पखाल्न नक्कली पुरोहितहरू लगाएर गरिएको चौरासी प्रत्युत्पादक बन्दै गएपछि शनिबार चितवन पुगेर अघिल्लो सरकारले जीबी राई भगाएको अभिक्ति दिएर उम्कन खोज्दा झन् दलदलमा फसेका छन् । अघिल्लो सरकारमा पनि प्रधानमन्त्री प्रचण्ड नै थिए, अहिले पनि उनै छन् । अघिल्लो सरकारमा उपप्रधान एवं गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठका ठाउँमा अहिले उनी छन् । उनको संकेत त्यतै होला तर अहिलेसम्म श्रेष्ठबाट जवाफ आइसकेको छैन । अब जवाफ फर्किँदा लामिछानेको दायरा खुम्चिँदै गएको हुनेछ । झूट र फरेवका यस्ता महारथीहरूमाथि ब्रोथलाइजर मेसिल लगाउने हैसियत हाम्रो प्रहरीसँग हुने कुरै भएन । जसको फोटोमा सलाम गर्नुछ, त्यसको नेगेटिभ रिपोर्ट बनाउने अहिलेको प्रहरी प्रशासनमा हिम्मत छैन तर जनता त्यो ल्यागत राख्छन् । त्यसको पछिल्लो उदाहरण हो, इलामको उपनिर्वाचन त्यसलाई चौरासीका पूर्वाङ्ग मात्र मान्नुपर्ला समग्र चौरासी बाँकी नै छ । यी घटनाहरूले डुब्दै गरेको रविको संकेत गरेको छ ।


क्याटेगोरी : असहमत, तुक न तर्क, फरक मत, समानान्तर
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया