बीरगञ्ज । वीरगंजको नारायणी अस्पतालमा संगठित रुपमा अनियमितता हुने गरेको छ । अस्पतालमा दैनिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुले बिरामी उपचारदेखि तलब, भिटामिन क्यापसुललगायतमा संगठित रुपमा अनियमितता गर्ने गरेका छन् ।
पर्सा, बारासहित तराई–मधेश र छिमकी मुलुक भारतबाट समेत गरिब, विपन्न बिरामीले उपचार गराउने एकमात्र अस्पताल वीरगंजस्थित नारायणी अस्पताल हो । तर अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत डा. दीपक चौरसिया, डा. उदयनारायण सिंह, डा. सुनिल साह, डा. आशुतोष झा, डा. प्रमोद रामलगायतका डाक्टरहरुले सेवा नदिई तलब बुझ्ने गरेका छन् । उनीहरुले सरकारी अस्पतालमाबाट तलब खाएर नीजि अस्पतालको काम गर्ने गरेका छ । एक महिनामा बढीमा १० दिन नारायणी अस्पतालमा काम गर्ने र बाँकी २० दिन आफैँले संचालन गरेको निजी क्लिनिक र बाहिर संचालित अस्पतालहरुमा उनीहरुको काम गर्ने गरेको अस्पताल स्रोतले बताएका छ । डाक्टरहरुको उक्त रबैयाका कारण नारायणी अस्पतालमा उपचार गराउन आउने अधिकांश गरिब, विपन्न बिरामीहरुले मारमा पर्ने गरेका छन् । सरकारी अस्पातालमा डाक्टर नभेटेपछि बिरामीहरु यीनै डाक्टरहरुले संचालन गरेको निजी क्लिनिक वा निजी अस्पतालमा महंगो शुल्क तिरी उपचार गराउन बाध्य छन् ।
दैनिक ज्यालादारीमा काम गर्ने यी डाक्टरहरुले निजी क्लिनिक र हस्पिटलमा बढी समय दिँदा नारायणी अस्पतालमा बिरामीको उपचार सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरे । वीरगंजको एडभान्स हस्पिटलमा डा. इराज खान, नारायणी सेन्ट्रलमा डा. आशुतोष झा, अम्लेखगंजको कार्की हस्पिटलमा डा. दीपक चौरसिया, ठोरी–सूवर्णपुरको हस्पिटलमा डा. सुलिन साह, डा. उदयनारायण सिंहको निजी पोली क्लिनिकमा काम गर्ने गरेका छन् । साथै उनीहरुले सरकारी अस्पतालमा भर्ना भएका विरामीलाई निजी अस्पतालमा रिफर गर्ने गरेका छन् । नायाराणी अस्पतालमा आएका बिरामीहरुलाई उपचारका लागि बेड खाली नभएको, उपचार गर्ने डाक्टरहरु नभएको बाहाना बनाएर निजी अस्पतालमा जान बाध्य पार्ने गरिएको सेवाग्राहीको गुनासो छ ।
स्वयमसेवक डाक्टरहरु उमेश कुशवाहा, मुकुन्द जैसवाल, सनी अंसारी लगायतले बिरामीलाई बेड अभाव देखाई डाक्टरहरु समेत नभएको बाहानामा निजी अस्पतालमा बिरामी पठाई प्रति बिरामी ५ देखी १० हजार रुपैयाँ निजी अस्पतालबाट लिने गरेका छन् । नारायणी अस्पतालमा डा. उदयनारायण सिंह र डा. कृष्ण साह एमडीजीपी भए पनि आफू कन्सल्टेन्ट फिजिसियन हुँ भनेर ओपीडीमा मात्र बस्ने र आईसीयू राउन्ड गर्ने गरेका छन् । यसले गर्दा पनि अधिकांश बिरामीहरु निजी अस्पतालमा उपचार गराउन बाध्य भएको अस्पतालकै कर्मचारीहरुको भनाइ छ ।
साथै स्वयमसेवक डाक्टरहरु कुशवाहा, जैसवाल र सनी अंसारीले सरकारले बिरामीको लागि निःशुल्क दिने भिटामिन क्यापसुलसमेत निजी अस्पतालमा रिफर गरी रकम असुल्दै आएको स्रोतको दाबी छ । आस्कस्मिक विभागका इञ्चार्जसमेत रहेका डा. उदयनारायण सिंहले आफैं ईमर्जेन्सी विभागमा काम नगरी यी स्वयमसेवकहरुमार्फत कमिसन खाने गरेको अस्पताल स्रोतले जनाएको छ । एक सय रुपैयाँ पर्ने भिटामिन क्यापसुल ८ सय रुपैयाँमा बिक्री हुने र त्यसवापत तीनदेखि पाँच सय रुपैयाँसम्म कमिसन डा. उदयनारायण सिंह र डा. कृष्ण साहले लिने गरेका छन् । डा. सिंहले ती भिटामिन क्यापसुल रिफर गरेवापत असुली हुने रकमको महिनाको एक पटक अस्पतालमा बसी हिसाब किताब गरी बाँडफाँट गर्ने गरेको स्रोतको दाबी छ ।