रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा लामो समयदेखि ससुराली घर बस्दै आएका वुटन साहको जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
ईशनाथ नपा–१ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध ससुराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिठ्युमा चक्कु प्रहारबाट गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्याइएकामा चिकित्सकले मङ्गलबार राति मृत्युको घोषणा गरेको हो ।
चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन् ।