काठमाडौँ । फोनपोइन्टस्ले हालै संचालन गरेका दुई क्याम्पेनका विजेतालाई ५५ इन्च स्मार्ट टीभी र वासिङ मेसिन हस्तान्तरण गरेको छ ।
कम्पनीले ‘२.२ एनिभर्सरी क्याप्पेन’ र ‘रिडिम २ गोल डेन डिल्स एन्ड वीन ५५ इन्च स्मार्ट टीभी’ क्याम्पेनका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको हो । कम्पनीले दुवै क्याम्पेनमार्फत एक विजेतालाई ५५ इन्च स्मार्ट टीभी र अर्का विजेतालाई नयाँ वासिङ मेसिन प्रदान गरेको जनाएको छ । कम्पनीका अनुसार वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘२.२ एनिभर्सरी क्याप्पेन’ अन्तर्गत झापाका कृष्ण रोकाले केवल दुई फोनपोईन्ट्स रिडिम गरेर ब्रान्ड न्यू वासिङ मेसिन जितेका हुन् । उक्त क्याम्पेनमार्फत प्रयोगकर्तालाई दुई फोनपोइन्टस् प्रयोग गरी विभिन्न आकर्षक अफर रिडिम गर्ने अवसर प्रदान गरिएको थियो ।
यस्तै, ‘रिडिम २ गोल डेन डिल्स एन्ड वीन ५५ ईन्च स्मार्ट टिभी’ क्याम्पेनका विजेता राहुल मारवाडीलाई ५५ इन्चको स्मार्ट टीभी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । फुटबल प्रतियोगिताको माहोललाई लक्षित गरी सञ्चालन गरिएको उक्त क्याम्पेनमा फोनपोइन्टस् एपमार्फत कुनै पनि दुई गोल डेन डिल्स रिडिम गर्ने प्रयोगकर्ता स्वतः लक्की ड्रमा सहभागी भएका थिए । कम्पनीका अनुसार दुवै क्याम्पेनमा देशभरबाट हजारौं प्रयोगकर्ताको सहभागिता रहेको थियो । विभिन्न अफर रिडिम गर्दै प्रयोगकर्ताले अभियानमा सहभागिता जनाएको कम्पनीको भनाइ छ ।
पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रयोगकर्तालाई दैनिक बचतसँगै थप मूल्य प्रदान गर्ने उद्देश्यले आगामी दिनमा पनि नवप्रवर्तनमूलक, प्रयोगकर्तामुखी क्याम्पेन, ब्रान्ड सहकार्य तथा आकर्षक गिभअवे कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल फोनपोइन्टस्मार्फत डाइनिङ, सपिङ, मनोरञ्जन, यात्रा, लाइफस्टाइल, इलेक्ट्रोनिक्स तथा दैनिक आवश्यक सेवासम्बन्धी विभिन्न अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, प्रयोगकर्ताले संकलन गरेका फोनपोइन्टस् प्रयोग गरी विशेष छुट, डिल तथा विभिन्न रिवार्ड क्याम्पेनमा सहभागी हुन सक्ने व्यवस्था रहेको कम्पनीको भनाइ छ ।