काठमाडौँ । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीले इटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको हो ।
ए–क्लास मार्बल्स एन्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै पुर्याउने उद्देश्य राखेको छ । शोरूमको कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले उद्घाटन गरेका थिए ।
आधुनिक र ग्राहक–मैत्री शैलीमा व्यवस्थित गरिएको यस शोरूमले ग्राहकहरूलाई उत्कृष्ट र सजिलो कार्यसम्पादनको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ‘यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष स्पर्श गरी, महसुस गरेर आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि आवश्यक पर्ने टायल छनोट गर्न सक्नेछन्’ कम्पनीद्वारा जारी विज्ञेप्तीमा भनिएको छ ।