काठमाडौं, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूको अन्तर्राष्ट्रिय संस्था एसोसिएसन अफ रि–इन्स्योरेन्स एन्ड डेभलपिङ कन्ट्रीज ( एआईआरडीसी) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
जिम्बाब्बेको हरारेस्थित रेन्बो टार्वस होटेलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको जेनरल मेम्र्बस मिटिङमा क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी एआईआरडीसीको एक्जुकेटिभ बोर्ड अफ ट्रष्टीका सदस्यसमेत रहनेछन् ।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान तथा बीमा क्षेत्रको विकास र विस्तारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित एआईआरडीसीमा क्षेत्रीको नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।