काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवा बाढीपीडितहरुका लागि राहत सामग्री वितरण गरेको छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वको टोलिले राहत हस्तान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत औपचारिक रुपमा हस्तान्तर गरेको नाडाले जनाएको छ ।
यसअघि नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग समेत उपलब्ध गराइसकेकोे छ । नाडाले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपत्तिहरुमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।