काठमाडौं, नेप्से पुन: बढेको छ । अघिल्लो दिन चार दशमलव १२ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार पुन २१ दशमलव ३२ अंकले उकालो लागेर २६ सय २१ दशमलव २६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७९ अंकले उकालो लागेर चार सय ७४ दशमलव ९६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५४ वटा कम्पनीहरुको ३९ हजार एक सय ८३ पटकको कारोबारमा एक करोड १६ लाख ७४ हजार दुई सय नौं कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब १३ करोड ६१ लाख ६१ हजार तीन सय ३१ रुपैैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।