काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन २१ दशमलव ३२ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार चार दशमलव ५६ अंकले उकालो लागेर २६ सय २५ दशमलव ८२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य एक अंकले उकालो लागेर चार सय ७५ दशमलव ९८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४९ वटा कम्पनीहरुको ३८ हजार आठ सय ७१ पटकको कारोबारमा एक करोड ३६ लाख २४ हजार चार सय सात कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७१ करोड ७० लाख २८ हजार एक सय चार रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, उत्पादनमुलक, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेका छन् ।