काठमाडौं, शेयर बजार परिसुचक नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन छ दशमलव ३८ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार भने दुई दशमलव ३१ अंकले उकालो लागेर २५ सय ७४ दशमलव ६५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८१ अंकले उकालो लागेर चार सय ६२ दशमलव शुन्य चार बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५४ वटा कम्पनीहरुको ४३ हजार आठ सय १२ पटकको कारोबारमा एक करोड १२ लाख ३३ हजार छ सय ३६ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम तीन अर्ब ९३ करोड पाँच लाख ६० हजार नौं सय ५२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार भएकाछन् । जसमध्ये फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत निर्जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।