काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक चार अंकले उकालो लागेर २५ सय ९५ दशमलव ८१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९६ अंकले उकालो लागेर चार सय ६७ दशमलव ८१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५४ वटा कम्पनीहरुको ४९ हजार आठ सय नौं पटकको कारोबारमा एक करोड २७ लाख १९ हजार सात सय ३४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ४६ करोड ५२ लाख ४६ हजार तीन सय ६० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा र व्यापार उपसमुहको सुचक बढेका छन् भने जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलम, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक घटेका छन् ।