काठमाडौं, शेयर बजारको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन चार अंकले उकालो लागेको नेप्से परिसुचक आज पनि चार दशमलव १२ अंकले उकालो लागेर २५ सय ९९ दशमलव ९३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३५ अंकले उकालो लागेर चार सय ७० दशमलव १७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५१ वटा कम्पनीहरुको ४६ हजार छ सय ५९ पटकको कारोबारमा एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम चार अर्ब ७३ करोड ६९ लाख २६ हजार चार सय नौं रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैक, जीवन बीमा, निर्जीवन बीमा र लगानी उपसमुहको सुचक बढेका छन् । यि बाहेक फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक घटेका छन् ।