काठमाडौं, यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘यामाहा ब्लू फेस्ट’ काठमाडौ“मा सुरु गरेको छ । सोमबारदेखि सुरु भएको फेस्ट असोज १० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यस वर्षको ब्लू फेस्टलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा प्रस्तुत गरेको छ । मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्ने अवसर प्रदान गर्नेछ । फेस्टमा मोटरसाइकलप्रेमी, परिवार तथा सम्भावित ग्राहकले यामाहाका अपग्रेड गरिएका स्कुटर तथा मोटरसाइकलहरूको रेन्जलाई नजिकबाट अवलोकन गर्न सक्नेछन् । मेलामा ‘चंगा चेट’ अभियान पनि सार्वजनिक गरिएको छ ।
यसले देशभरका राइडरलाई आफ्ना पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्नेछ । आगन्तुकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्यांकन गराउन सक्नेछन् । यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिनेछ, जसले बजारमा सम्भव भएसम्मको उत्कृष्ट मूल्यांकन सुनिश्चित गर्नेछ । साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित ग्राहकले आफ्नो पुरानो सवारीसाधनबाट नयाँ यामाहामा सहज र छिटो अपग्रेड गर्न सक्नेछन् ।
सवारीसाधन खरिदलाई थप सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराउनेछ । साथै, ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहनेछ । मेला अवधिभर आयोजना हुने विभिन्न गतिविधिमा सहभागी भएर आगन्तुकले हाइटेक ग्याजेट जित्ने अवसरसमेत पाउनेछन् । खरिदको अनुभवसँगै ब्लू फेस्टमा ६ दिनसम्म मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । साथै, मेला अवधिभर विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिज पनि उपलब्ध हुनेछन् ।