ललितपुरको लगनखेलस्थित इन्फोवेज कम्प्युटर सिस्टमले ग्राहक लक्षित नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले ५ हजार रुपैयाँभन्दा माथिको सामान वा सेवा खरिद गर्ने ग्राहकलाई हरेक महिना लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गर्ने जनाएको छ। कम्पनीका अनुसार यो योजना भाद्र १ गतेदेखि हरेक महिना सञ्चालन हुनेछ। जनाअन्तर्गत इन्फोवेज कम्प्युटर सिस्टमबाट ५ हजार रुपैयाँभन्दा माथिको सामान वा सेवा खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

हरेक महिना लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। सामान तथा सेवा खरिदसँगै ग्राहकलाई अतिरिक्त उपहार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको इन्फोवेज कम्प्युटर सिस्टमको भनाइ छ।कम्पनीले आगामी महिनाहरूमा समेत लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहार प्रदान गर्दै जाने जनाएको छ।

यस्ता कार्यक्रमले ग्राहकलाई थप आकर्षित गर्नुका साथै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।विगत १६ वर्षभन्दा बढी समयदेखि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका उपकरणको बिक्री तथा मर्मत सेवा प्रदान गर्दै आएको इन्फोवेज कम्प्युटर सिस्टमले ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना सञ्चालन गर्दै आएको जनाएको छ।