काठमाडौं, राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले रसुवाका बाढी प्रभावित परिवारका लागि प्राप्त एक हजार थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
संस्थाले सामाखुशीस्थित राहत संकलन केन्द्रमा एक कार्यक्रम गरि करिब ४३ लाख रुपैयाँ बराबरका सौर्य लालटिन हस्तान्तरण गरेको हो । विद्युत् पहुँचबाट अझै टाढा रहेका बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको राष्ट्रिय व्यवसायिक पहलले जनाएको छ ।
राहत सामग्री राष्ट्रिय व्यवसायिक पहल तथा साझेदार संस्थाका प्रतिनिधिको उपस्थितिमा सरकारलाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय व्यवसायिक पहलले विपद् प्रभावित समुदायलाई समयमै राहत पु¥याउन निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।