काठमाडौं । कुल जीवन बीमा शुल्क आर्जन रकम बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार यो रकम यस अवधिमा सक्रिय रहेको कुल एक करोड १७ लाख ३७ हजार दुई सय ९८ वटा बीमालेखबाट आर्जन भएको हो । जीवन बीमा कम्पनीहरूले आर्जन गरेको रकम गत आवको सोही अवधिको तुलनामा भने १२ दशमलव ६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ५४ अर्ब पाँच करोड ९२ लाख रुपैयाँबराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए ।
चालू आवको पछिल्लो ११ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा पाँच लाख ९८ हजार दुई सय ६३ कुल सक्रिय जीवनलेखको संख्या कायम रहँदा कुल बीमा शुल्क आर्जन रकम १० अर्ब ६२ करोड १० लाख २१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा कुल सक्रिय जीवन बीमालेखको संख्या १३ लाख ३० हजार सात ९१ पुग्दा कुल बीमा शुल्क आर्जन रकम २२ अर्ब २१ करोड १६ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा १९ लाख ४१ हजार सात सय ९६ सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमा शुल्क आर्जन रकम ४६ अर्ब १६ करोड ४३ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा पनि चालू आवको जेठ मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९८ हजार नौ सय ३६ पुग्दा कुल बीमा शुल्क आर्जन रकम १८ अर्ब ४८ करोड ३५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । मेटलाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या सात लाख आठ सय ४० पुग्दा कुल बीमा शुल्क आर्जन रकम छ अर्ब १० करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ८५ हजार सात सय २० पुग्दा कुल बीमा शुल्क आर्जन रकम आठ अर्ब ७१ करोड १५ लाख ११ हजार रुपैयाँ पुगेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या छ लाख ५४ हजार छ सय १७ पुग्दा कुल बीमा शुल्क आर्जन रकम छ अर्ब १७ करोड ५९ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
चालू आवको जेठ मसान्तसम्ममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि तीन लाख ८३ हजार सात सय ३९ वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमा शुल्क आर्जन रकम तीन अर्ब ८३ करोड ५८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा रिलायवल नेपाल लाइफमा पनि २४ लाख २९ हजार नौ सय ८३ वटा कुल सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमा शुल्क आर्जन रकम पाँच अर्ब ४१ करोड सात लाख ५२ हजार रुपैयाँ पुगेको छ । सिटिजन लाइफमा पनि चालू आवको जेठ मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९९ हजार तीन सय सात रहेकोमा कुल बीमा शुल्क आर्जन रकम सात अर्ब ५९ करोड ६५ लाख ७२ हजार रुपैयाँ पुगेको छ । सूर्यज्योति लाइफमा पनि चालू आवको जेठ मसान्तसम्ममा पाँच लाख ८२ हजार सात सय ११ वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमा शुल्क आर्जन रकम १० अर्ब ५२ करोड ५० लाख ९३ हजार रुपैयाँ पुगेको छ । सानिमा लाइफमा पनि पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या चार लाख २७ हजार तीन सय ८३ पुग्दा कुल बीमा शुल्क आर्जन रकम छ अर्ब ६४ करोड ४२ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार चालू आवको जेठ मसान्तसम्ममा हिमालयन लाइफमा पनि चार लाख २२ हजार छ सय ६२ वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमा शुल्क आर्जन रकम १५ अर्ब ७९ करोड ४३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको पछिल्लो ११ महिनाको अवधिमा दुई लाख ८१ हजार दुई सय ५० वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमा शुल्क आर्जन रकम पाँच अर्ब २२ करोड ३३ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।