काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ३८ करोड ६४ लाख ६२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २६ लाख ५१ हजार १० वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको यो बीमा शुल्क रकम गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ७१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल बीमा शुल्क आर्जन रकम ३९ अर्ब तीन करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार चालू आवको जेठ मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ७६ हजार एक सय १४ वटा बीमालेख जारी गरी एक अर्ब ९७ करोड ७५ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा ४२ हजार सात सय ९२ वटा बीमालेख जारी गरी दुई अर्ब ८० करोड २१ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले भने यस अवधिमा २७ हजार पाँच सय ८८ वटा बीमालेख जारी गरी एक अर्ब ४२ करोड ५६ लाख ७९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नेसनल इन्स्योेन्स कम्पनीले २४ हजार एक सय सातवटा बीमालेख जारी गरी एक अर्ब ९९ करोड ७१ लाख ३३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो ११ महिनामा दुई लाख ५७ हजार छ सय १६ वटा बीमालेख जारी गरी तीन अर्ब २८ करोड ८२ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
चालू आवको पछिल्लो ११ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले पनि एक लाख एक हजार तीन सय २४ वटा बीमालेख जारी गरी एक अर्ब ६४ करोड ९४ लाख १४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पछिल्लो अवधिमा दुई लाख ९७ हजार सात सय ३४ वटा बीमालेख जारी गरी पाँच अर्ब ६२ करोड ६३ लाख ७४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले भने एक लाख ९९ हजार नौ सय ७७ वटा बीमालेख जारी गरी तीन अर्ब ७३ करोड १५ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको जेठ मसान्तसम्ममा तीन लाख १२ हजार पाँच सय ५३ वटा बीमालेख जारी चार अर्ब ७६ करोड आठ लाख चार हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो ११ महिनाको अवधिमा एक लाख १४ हजार सात सय ९० वटा बीमालेख जारी गरी दुई अर्ब ५५ करोड ५१ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो ११ महिनाको अवधिमा दुई लाख ४५ हजार तीन सय नौवटा बीमालेख जारी गरी तीन अर्ब ९२ करोड दुई लाख ७५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्राधिकरका अनुसार सगरमाथा इन्स्योेरेन्स कम्पनी (सलिको)ले पनि चालू आवको जेठ मसान्तसम्ममा दुई लाख ४३ हजार चार सय ४४ वटा बीमालेख जारी गरी चार अर्ब ७७ करोड ३९ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो ११ महिनामा दुई लाख १० हजार सात सय ११ वटा बीमालेख जारी गरी तीन अर्ब ९१ करोड २१ लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले तीन लाख ७८ हजार नौ सय ५१ वटा बीमालेख जारी गरी दुई अर्ब ७६ करोड ६१ लाख ४७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको भनाइ छ ।