काठमाडौं, बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त क्याप सुरु गरेको कम्पनीले जनाएको छ ।
आइतबारदेखि सुरु भएको क्याम्प असोज ९ गतेसम्म सञ्चालन हुनेछ । यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ । निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्न सक्नेछन् ।
क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । कम्पनीका अनुसार क्याम्पका लागि ग्राहकले छुट्टै कार्यक्रमस्थल वा तोकिएको क्याम्पमा जानुपर्ने छैन । नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर निःशुल्क चेकअप सेवा लिन सकिनेछ ।