काठमाडौं, पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन् ।
एसोसियसनको शुक्रबार सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा आठौँ निर्वाचनबाट काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । एसोसियसनको प्रथम उपाध्यक्षमा सुजन आचार्य, द्वितीय उपाध्यक्षमा चिरञ्जीवी गिरी, महासचिवमा अशोक अर्याल निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुशील दाहालले जानकारी दिए ।
यस्तै, कोषाध्यक्षमा सुजन दाहाल, सदस्यमा रमेश पौडेल र छविलाल घिमिरे निर्वाचित भएका छन् । दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल नवनिर्वाचित अध्यक्ष काफ्ले यसअघि टिवानको पूर्व उपाध्यक्ष तथा नेपाल एसोसियसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको सहकोषाध्यक्ष भइसकेका व्यक्ति हुन् ।