काठमाडौं, ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने गरी ‘निओ सर्भिस क्याम्प’ संचालन गरिएको छ ।क्याम्पमा ल्यापटपको सफाइ, सर्भिस, प्राविधिक परामर्श, अपग्रेड तथा एक्सचेन्जको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौं र पोखरामा रहेको नियो स्टोरका विभिन्न स्टोरमा क्याम्प सञ्चालन भइरहेको छ । क्याम्पअन्तर्गत नयाँ तथा पुराना ल्यापटप प्रयोगकर्ताले सेवा लिन सक्नेछन् ।
क्याम्पमा ‘डिप क्लिनिङ’ सेवा उपलब्ध हुनेछ भने निःशुल्करूपमा ल्यापटपको सामान्य जाँच तथा समस्याबारे प्राविधिक परामर्श लिन सकिने कम्पनीले जनाएको छ । साथै, सुपथ मूल्यमा नयाँ ल्पापटप खरिद गर्न तथा अपग्रेड गर्न सकिने छ । पुरानो ल्यापटपको क्षमता बढाउन चाहिने प्रयोगकर्ताका लागि र्याम, एसएसडी तथा ल्यापटपसँग मिल्ने अन्य हार्डवेयर अपग्रेडको विकल्प पनि उपलब्ध हुनेछ ।
त्यस्तै, क्याम्पमा पुरानो ल्यापटपलाई नयाँ ल्यापटपसँग साट्ने एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक्सचेन्ज गर्दा ल्यापटपको ब्रान्ड, मोडल, भौतिक तथा प्राविधिक अवस्था, हार्डवेयर र बजार मूल्यलगायतका आधारमा ल्यापटपको मूल्यांकन हुने कम्पनीले जनाएको छ । ग्राहकले किस्ताबन्दिमा समेत ल्यापटप खरिद गर्न सक्नेछन् । तर, एप्पल म्याकबुकहरूमा भने किस्ताबन्दि तथा सर्भिसिङ सुविधा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।