काठमाडौँ, सोमवारदेखी शुरु भएको नेपाल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ प्रतियोगिताको नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनर रहने भएको छ ।
आगामी मंसिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने एनपीएलको पार्टनर रहनेगरि सम्झौता गरेको हो । सम्झौतामा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन् ।
टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको बताए । कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवर्द्धन गर्नका लागि टेलिकमले क्यानसंग सहकार्य गरेको उनको भनाई छ । नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले टेलिकमसंगको सहकार्यलाई जारी राख्ने बताए ।