काठमाडौ, तिहारको लामो बिदापछि आज शुक्रबार खुलेको नेप्से सुरुवाती कारोबार दिन नैं खुम्चिएको छ । आज शेयर बजार परिसुचक नेप्से छ दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार छ सय ४८ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले ओरालो लागेर चार सय ७९ दशमलव ५४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ३१ हजार तीन सय २३ पटकको कारोबारमा ७८ लाख ४४ हजार दुई सय ६७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम तीन अर्ब पाँच करोड ४२ लाख ७४ हजार सात सय २५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन र जलबिद्युत उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, फाईनान्स, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।