काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन शुन्य दशमलव २६ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार ११ दशमलव ९० अंकले ओरालो लागेर २५ सय ८७ दशमलव २५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले घटेर चार सय ६३ दशमलव शुन्य दुई बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ५६ वटा कम्पनीहरुको ४३ हजार छ सय ८५ पटकको कारोबारमा एक करोड १९ लाख १२ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम चार अर्ब २९ करोड ३७ लाख ७४ हजार एक सय ८१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।