काठमाडौं, प्रधानमन्त्रीको शपथग्रहण गरेपछि सुशासनलाई पहिलो सर्त बनाएर काम गर्न सबैलाई निर्देशन दिएका वालेन्द्र शाहले मन्त्रालयहरूमा मन्त्रीलाई सघाउने नाममा पीएमओ प्रतिनिधि बनाएर पठाएका थिए । सो क्रममा संस्कृति पर्यटन तथा पर्यटन मन्त्री खडकराज पौडेल गनेशलाई सघाउन खटाइएका सुमन गौतमले बिचौलिया प्रशान्तजंग राणालाई नेपाल वायुसेवा निगमको विमानको इन्जिन मर्मतलगायत सबै काम दिन सम्बन्धित अधिकारीहरूलाई दबाब दिएका छन् ।
राणा त्यस्ता बिचौलिया हुन् जो नेपाली सेनाको दुईवटा एमआई –१७ हेलिकोप्टर मर्मतका लागि भारत पठाएर करोडौँ रुपैयाँ एडमान्स लिई नेपाली सेना र भारतीय सेना दुवैतिर सम्पर्कविहीन छन् । पर्यटन मन्त्रालयमा पीएमओ प्रतिनिधि भनिएका गौतमले गत बिहीबार नेपाली सेना र भारतीय सेना दुवैतिर फरारजस्तै रहेका राणालाई सिंहदरबारमै बोलाएर भेटवार्ता गरेका थिए । उनले पदीय हैसियतको दुरुपयोग गर्दै निगमको सबै काम राणालाई दिन ‘निर्देशन’ दिएका हुन् ।
निगमले टेन्डर आह्वान गरेका कामका सबै गोप्य डकुमेन्ट गौतमको दबापछि सोही दिन सेनाको एड्भान्स लिएर सम्पर्कविहीन रहँदै आएका रााणाको हातमा थपाइएको थाहा भएको छ । राणा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सालो भनेर चिनिएका प्रदीप राणाले खडा गरेको डमी बिचौलिया हुन् । राणाले नेपाली सेनासँग रहेको दुईवटा एमआई–१७ हेलिकोप्टर मर्मतका लागि भारतीय दूतावासलाई साक्षी राखेर जीटुजी वेसिसमा इन्जिन गेयरवस, र एयर फेम मर्मत सम्भारको लागि भारत पठाएका थिए । सेनाको एनए ५६ र एनए ५३ कलसाइनका एमआई–१७ हेलिकोप्टरमध्ये पहिलो २०८० असोजमा र दोस्रो २०८१ असारमा भारत पठाइएको थियो ।
त्यसको मर्मतका लागि जम्माजम्मी एक अर्ब २५ करोड रुपैयाँ खर्च लाग्ने भनिएको छ र त्यसममध्ये पहिलो हेलिकोप्टरको मर्मत खर्च ४६ करोड लाग्ने भनिएकोमा बिचौलिया राणालाई सबै रकम भुक्तानी भइसकेको र दोस्रो हेलिकोप्टर मर्मतका लागि लाग्ने ७५ करोड लाग्ने भनिएकोमा त्यस्को ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ । तीमध्ये पहिलो विमान १६ सेप्टेम्बर २०२३ र अर्को विमान ४ जुलाई २०२४ मा भारत पठाइएको थियो र ती हेलिकोप्टर ९ महिना अर्थात् २७० दिनमा मर्मत गरेर नेपाल फिर्ता गर्नुपर्ने थियो । तर ती हेलिकोप्टर जसलाई जिम्मा लगाएइएको थिया, उनीहरूसँग मर्मत गरेको प्रमाणीकरण सकिएर नवीकरण हुन नसकेको अवस्थ रहेको छ । पहिलो एमआई–१७ भारतको रक्षा मन्त्रालयअन्तर्गतको माजागन डकसिप विल्डर्स लिमिटेड–(एमडीएल) जीटुजी सम्झौता गरेर पठाइएको थियो । एमडीएले उक्त हेलिकोप्टरपछि आफ्नै सहायक कम्पनी अमन एभिएसनलाई जिम्मा लगाएको थियो ।
अहिले त्यो हेलिकोप्टर मुम्बाइको ज्यूहु हेलिपोर्टमा राखिएको छ तर सर्टिफिकेसन गर्ने अधिकार प्राप्त कम्पनी नपाउँदा त्यसलाई नेपाल ल्याउन सकिने अवस्था रहेको छैन । मर्मत खर्च ४६ करोड सबै बुझाइसकेको अवस्थामा पनि उडाउने अनुमतिका लागि सर्टिफिकेट नहुँदा मासिक ५० लाख रुपैयाँ तिरेर त्यहाँ राख्नुपरेको छ भने दोस्रो हेलिकोप्टर एमडीएलसँगै काम गर्ने भेल्गा ओभरसिजलाई जिम्मा लगाइएको थियो । ७५ करोडमा मर्मत सम्झौता भएपनि भारतीय पक्षलाई दिने भनिएको ५२ करोडमध्ये १७ करोड दिइसकेको अवस्थामा उक्त हेलिकोप्टर अहिले दिल्लीस्थित रोहिणी हेलिपोर्टमा भारतीय पक्षले नेपालबाट हेलिकोप्टर पठाउने बिचौलिया राणालाई खोजिरहेको छ । तर उनी सम्पर्कमा गएका छैनन् ।
नेपाली सेनाले पनि बिचौलिया राणालाई खोजिरहेको अवस्था छ तर नेपाल–भारत दुवैतिरका सेनासँग सम्पर्कविहीन अवस्थामा रहेका बिचौलिया राणा सेनाको दुईवटा हेलिकोप्टर एमआई–१७ मर्मतका नाममा मोटो कमिसन कुम्ल्याएर सम्पर्कविहीन भएजस्तै गरी नेपाल वायुसेवा निगमको सीचेक इन्जिन मर्मतलगायतका सबै काम हात पार्न र फेरि अर्को काण्ड मच्चाउने पीएमओ प्रतिनिधि गौतमसँग चोचोमोचो मिलाउन पुगेका हुन् ।