काठमाडौं, शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नैं नेप्से परिसुचक २० दशमलव ४८ अंकले ओरालो लागेर २५ सय ६६ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २३ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५९ वटा कम्पनीहरुको ४४ हजार सात सय ७७ पटकको कारोबारमा ९० लाख तीन हजार तीन सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब २७ करोड ९५ लाख नौ हजार आठ सय ३६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।