काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन चार दशमलव ८२ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार शुन्य दशमलव २६ अंकले उकालो लागेर २५ सय ९९ दशमलव १५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १४ अंकले उकालो लागेर चार सय ६४ दशमलव ७७ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५३ वटा कम्पनीहरुको ५१ हजार सात सय ४५ पटकको कारोबारमा एक करोड २० लाख ६५ हजार पाँच सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ८९ करोड १८ लाख ७६ हजार तीन सय २५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र जलबिद्युत उपसमुहको सुचक उकालो लागेका छन् भने लगानी उपसमुहको सुचक स्थिर देखिएको छ । यि बाहेक जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक भने खुम्चिएका छन् ।