काठमाडौं, काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरेफाँट बस्ने महोत्तरी घर भएका २० वर्षीय सचिन मण्डल र १९ वर्षीय रोहित महतो रहेका छन् ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बसपार्क बस्ने २९ वर्षीय राजेश खत्री र २७ वर्षीय ललित बिष्ट रहेका छन् ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–४ बलिया बस्ने २२ वर्षीय धिरज चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको भजनी नगरपालिका–३ पडेरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित जोशीपुर गाउँपालिका–१ बस्ने २८ वर्षीय निरज कुस्मीसमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले बा ९४ प ३२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भजनी नगरपालिका–१ बस्ने २२ वर्षीय सुरेश रेग्मी समेत २ जनाले बिक्री गरेको भन्ने खुल्न आएपश्चात् प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको छ ।
यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका–२ बस्ने २८ वर्षीय अम्मरदिप डगौरासमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको भजनी नगरपालिका–८ कृष्णनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्रामसहित जानकी गाउँपालिका–९ बस्ने २६ वर्षीय शंकर देवकोटालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका–५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्यलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ३० ट्याब्लेटसहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–२ कालीगण्डकी चोक बस्ने २० वर्षीय रेगन हमालसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिराहाको गोलबजार नगरपालिका–६ गोलबजार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेटसहित लमजुङ सुन्दरबजार नगरपालिका–९ बस्ने २४ वर्षीय सुजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कानेपोखरी गाउँपालिका–७ रमाइलो बस्ने २२ वर्षीया सुस्मिता लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–३ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब ४ किलोग्रामसहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने रोल्पा माडी गाँउपालिका–१ घर भएकी ४० वर्षीया गौरी भन्ने मन कुमारी घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तुसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।