विराटनगर, विराट ब्यापार संघले चाडपर्वको उत्सब, ब्यापारको महोत्सव भन्ने स्लोगन सहित विराट ट्रेड फेयरको आयोजना गर्र्ने भएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गरी आगामी असोज २२ गतेदेखी ३० गतेसम्म मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । संघका अध्यक्ष एवं विराट ट्रेड फेयरका आयोजक प्रमोद अग्रवाल (जिन्दल)ले सुस्त रहेको बजारलाई चलायमान बनाउन मेला आगोजना गर्न लागेको जानकारी दिए ।
मेलामा भारतीय बजार जोगबनीभन्दा सस्तो मूल्यमा सामान खरिद गर्न सकिने उनको दाबी छ । उनका अनुसार मेलाको लागि एक सयभन्दा बढीको स्टल माग भएको छ । मेलाका संयोजक श्यामलाल पौडेल (भवेश)ले मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताए । मेलामार्फत उपभोक्ताको सिमापारी बजार जाने प्रवृत्तिलाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
मेलामा विभिन्न आकर्षक अफरहरु समेत सञचालन गरिने जनाइएको छ । मेलामा भारत, बंगलादेश र पाकिस्तानका व्यवसायी समेत सहभागी हुनेछन् ।