काठमाडौं, एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर संचालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्नेछन् ।
एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसेलले यो अफर संचालनमा ल्याएको हो । कम्पनीका अनुसार यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन ।
अफरमार्फत ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदाहरू उपहारका रुपमा प्राप्त गर्न सक्नेछन् । प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने विश्वास लिइएको छ । ग्राहकहरुलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्टहरु तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुटलगायत रहेका छन् ।
एनसेलका अनुसार यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । आफ्नो डिजिटल–फस्ट रणनीति अनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्दै दैनिक जीवनमा यसको थप महत्व सिर्जना गर्न निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ । ‘सेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने विश्वास लिइएको कम्पनीको भनाइ छ ।