काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अमितकुमार कयालले पाएका छन् । कम्पनीको पछिल्लोपटक बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कयाललाई कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली केही दिनका लागि बिदामा बस्ने भएकाले कम्पनीको दैनिक प्रशासनिक तथा आवश्यक व्यवस्थापकीय कार्य सञ्चालनका लागि कयाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । सञ्चालक समितिको निर्णयअनुसार कयालले साउन ४ गतेदेखि साउन २८ गतेसम्म कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।