काठमाडौं, शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक १६ दशमलव ४७ अंकले ओरालो लागेर २६ सय १३ दशमलव ३३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ५७ वटा कम्पनीहरुको ५८ हजार पाँच सय पटकको कारोबारमा एक करोड ३१ लाख ७८ हजार एक सय २८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार चार सय १४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।