विराटनगर, रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा रु एक करोड एक लाख सहयोग गरेको छ । एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन। सो रकम प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा जम्मा गरिएको छ ।
चेक हस्तान्तरणका क्रममा दुवै औद्योगिक समूहका प्रतिनिधिले प्राकृतिक विपत्ति र राष्ट्रिय सङ्कटका समयमा निजी क्षेत्र सरकारको सहकार्यमा निरन्तर सक्रिय रहँदै आएको बताएका थिए । आगामी दिनमा विपद् व्यवस्थापन, राहत तथा पुनःनिर्माणकार्यमा सरकारसँग सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्। रासस