काठमाडौं, मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरहरुमार्फत टाटा ब्रान्डको पिकअप तथा व्यावसायिक साना सवारी साधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्नो एक सय ७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।
सम्झौताअनुसार ईभी गाडीतर्फ ६० प्रतिशत तथा आईसीई सवारी साधन का लागि ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोगमा हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै बैंकले हाल अटो कर्जा, कृषि र एसएमई कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको छ ।