काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो सो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत हाल बैंकको अटो लोन मात्र पाँच दशमलव ५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन् ।
बैंकले यस योजनाअन्तर्गत बेस रेट प्लस शून्य प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । नाडा अटो सो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ । ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।