रसुवामा आएको भीषण बाढीका कारण ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३ सय ४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्।सम्पर्कविहीन पर्यटकमध्ये २ सय ३ जना पुरुष र २ सय जना महिला छन्। उनीहरूमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार १ सय ३३ जना भारतीय पर्यटक सम्पर्कविहीन छन्।
त्यसैगरी अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका ७ र दक्षिण अफ्रिकाका ६ जना पर्यटक सम्पर्कविहीन छन्। यस्तै सिंगापुरका ६, न्यूजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४, फ्रान्सका ३ र स्पेनका २ जना पर्यटकसमेत बाढीपछि सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।