काठमाडौं, शेयर बजार परिसुचक नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २० दशमलव ४८ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार भने ११ दशमलव ९६ अंकले उकालो लागेर दुई हजार पाँच सय ७८ दशमलव ७३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई अंकले उकालो लागेर चार सय ६१ दशमलव ८६ बिन्दुमा चढेको छ । नेप्सेमा आज तीन सय ५९ वटा कम्पनीहरुको ४१ हजार छ सय सात पटकको कारोबारमा ८९ लाख ५५ हजार दुई सय ३० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार रकम तीन अर्ब १३ करोड ८१ लाख १९ हजार पाँच सय २८ रुपैंयाँ ४६ पैसा कायम भएको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र लघुवित्त उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।