काठमाडौं, नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।