काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १२ दशमलव ९५ अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार दुई दशमलव ६४ अंकले उकालो लागेर २६ सय ५५ दशमलव २२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १८ अंकले उकालो लागेर चार सय ८० दशमलव १२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३६ वटा कम्पनीहरुको ३३ हजार दुई सय १५ पटकको कारोबारमा एक करोड सात लाख १३ हजार आठ सय ४२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४६ करोड २० लाख ५९ हजार तीन सय २३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये अन्य उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।