काठमाडौ भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने कम्पनी फ्रीमांसले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको जनाएको छ । फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिंग टेप, पावर टुल्स तथा ह्याण्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको छ । आफ्नो बहुआयामिक खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धी भावनाका लागि परिचित दीपेन्द्र सिंह ऐरीमा फ्रीमांसले आफ्नो ब्रान्डको भावनासँग मेल खाने गुणहरू देखेको छ । नेपाली क्रिकेटप्रेमीसँग दीपेन्द्रको बलियो सम्बन्धका कारण उनलाई उपभोक्ता तथा व्यावसायिक क्षेत्रका धेरै व्यक्तिहरूसम्म पुग्न चाहने फ्रीमांसका लागि उपयुक्त साझेदार बनाएको कम्पनीको भनाइ छ ।
फ्रीमांसले मेजरिंग टेपबाट आफ्नो उत्पादन रेन्ज विस्तार गर्दै आफ्नो पोर्टफोलियोमा स्पिरिट लेभल, मेजरिंग व्हिल, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिंग टुल्स, डिजिटल मेजरिंग टुल्स तथा पावर टुल्स एक्सेसरिज समेत समेटेको छ ।