दार्चुला, शैल्यशिखर नगरपालिका–९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।