काठमाडौं, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय १० ट्याब्लेट र नगद ४२ हजार ५ सय ९८ रूपैयाँसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ ब्रम्हखेल घर भएका ३५ वर्षीय गणेश श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने नुवाकोट घर भएका २१ वर्षीय अनिस केसी रहेका छन् । प्रहरी प्रभाग थलिबाट खटिएको प्रहरीले बा.प्र.०२–०३१ प ३७२२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्रामसहित धादिङ निलकण्ठ नगरपालिका–१४ घर भएका २९ वर्षीय जोनाम लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध खैरो हेरोइन ४२ ग्राम ७ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका–६ घर भएका २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका–२ घर भएका २९ वर्षीय दिपक परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ७० मिलिग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ बस्ने ३० वर्षीय टार्जन चौधरी र इनरूवा नगरपालिका–८ बस्ने १९ वर्षीय लम्बु भन्ने साहदिन हुसेन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बुधबारे चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्रामसहित कोहलपुर नगरपालिका–११ लोकनगर बस्ने २१ वर्षीय पवन गन्धर्ब समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका–१ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रकास चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय पूर्ण बहादुर चन्द र २४ वर्षीय शंकर देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहा नगरपालिका–४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७७ मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय टनक अवस्थी र कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका ३४ वर्षीय राजु विष्ट रहेका छन् । अस्थायी प्रहरी पोस्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से ५ प ४३१३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १७ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय आशिष भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहा नगरपालिका–१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २२ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३८ वर्षीय आकाश रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–१८ बस्ने २६ वर्षीय रामकृष्ण बराललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।