काठमाडौं, उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय राम बहादुर कार्कीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ ।
सप्तरीको राजविराज नगरपालिका–११ झल्ही चोकस्थित सडकमा भेल्हीबाट राजविराजतर्फ आउँदै गरेको प्र २–०१–००३ प ७८२० नम्बरको मोटरसाइकल शनिबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ भेल्ही बस्ने २६ वर्षीय सन्दिप कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित सडकमा कल्याणपुर सप्तरीबाट कठौनातर्फ जाँदै गरेको बा २४ प ४११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–८ बरियाही बस्ने २२ वर्षीय सुवाष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ एचआईडी गेटस्थित सडकमा बा ७५ प ६२७२ नम्बरको मोटरसाइकल बा.प्र.०१–०२८ च १५३२ नम्बरको कारसँग शनिबार दिउँसो ठक्कर खाँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१३ वनस्पति बस्ने २४ वर्षीय सुकराम लोप्चनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सन्चो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार र मोटरसाइकलका चालकहरूलाई नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–११ नयाँ बसपार्कस्थित सडकमा बसपार्कबाट कोहलपुर नेपालगंजतर्फ जाँदै गरेको भे १ ह ९०३१ नम्बरको ई–रिक्सा अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–१२ निबुवा बस्ने ३८ वर्षीय हरि राम थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहा नगरपालिका–२१ कान्तितालको पेरीमिटर भित्र भे ११ प ८०९६ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १५ वर्षीय अबदुल मनिहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको रामधुनी नगरपालिका–३ सिंगियास्थित सडकमा बागमती प्रदेश ०२–०२२ प ७०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ बस्ने ८५ वर्षीय कृष्ण धितालको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साई हस्पिटल झुम्कामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–५ मानभवनस्थित सडकमा बा ७८ प ५३७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० नटोल बस्ने रामेछाप घर भएका ४५ वर्षीया सक्कली तामाङको मृत्यु भएको छ । शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ कालिका पथस्थित सडकमा सिन्दुर होटलबाट बसपार्कतर्फ जाँदै गरेको लु ३४ प ७९१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक कन्चन गाउँपालिका–२ बसन्त फुलवारी बस्ने २२ वर्षीय सुगम बलालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।