काठमाडौंं, एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स् प्रालिले पेप्सीकोलामा फोटोनको नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले नेपालमा ईभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर संचालनमा ल्याउन लागेको हो ।
काठमाडौंको पेप्सीकोला क्षेत्रमा रहेको नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको कम्पनीले जनाएको छ । पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरले गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रुपमा सवारी साधनको मर्मत सम्भार सम्पन्न गर्ने कम्पनीको भनाइ छ । फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले नयाँ सर्भिस सेन्टरमा नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणाली रहने बताए ।
उनका अनुसार फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछ । सर्भिस सेन्टरमा फोटोनका सवारीसाधन जेन्युइन पाट्र्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनेछ ।
फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेको छ । यसले ग्राहकको पहुँचमा गुणस्तरीय बिक्रीपछिको सेवा पु¥याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको दाबी छ ।